२७ प्रतिशत मत ल्याएर मेयर बनेका बसन्तकुमार मनलाग्दी गरिरहदाँ ७३ प्रतिशत भोट पाएका बिपक्षी किन मौन ?

  • आश्विन १५, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर, असोज १५ गते ।
स्थानीय तहको निर्वाचनमा कञ्चनरुप नगरपालिकामा नगरप्रमुख पदमा २७ प्रतिशत मत ल्याएर निर्वाचित भएका वसन्तकुमार मिश्रले मलगाग्दी गरिरहदाँ ७३ प्रतिशत जनताले पत्याएका (मतदिएका) विपक्षीहरु कहाँ छन् ? नगरपालिकाले सर्वसाधरणले गर्ने यही प्रश्नै अहिले चर्चाको विषय बनेको छ । लोकतन्त्रमा अल्मतले बहुमतमाथि शासन गर्नु स्वभावि छ । तर ‘बिपक्षी’ दल वा नेता विनाको लोकतन्त्र अपुरो हुन्छ । तर कञ्चनरुप नगरपालिकामा अहिले विपक्षी दल र नेता नहुदाँ त्यसको मारमा जनता परेका छन् ।          

स्थानीय तहको निर्वाचन भएको दुई वर्ष वित्नै लाग्दा कञ्चनरुप नगरपालिकामा विपक्षी कोही नभएपछि नगरपालिका विकाश निमार्ण लथालिङ्ग भएको छ । गत आर्थिक वर्षमा ४२ प्रतिशत मात्रै विकाश निमार्णमा खर्च भएको छ भने ७४ प्रतिशत चालु खर्च भएको छ । तर अहिलेसम्म विकाशको यो सुस्त गतिबारे कुनै पनि बिपक्षीले मुख खोलेको छैन । अझ कतिपय विपक्षी दलका नेता त नगर प्रमुख वसन्त कुमारको निम्तो पर्खिदै दुई वर्ष बिताएका छन् । नगरप्रमुख प्रत्यासी ललन प्रसाद गुप्ताले अहिलेसम्म नगरपालिकाले विकाश निमार्ण लगायत कुनै पनि विषयमा छलफल गर्न वा सल्लाह सुझाव लिन नआएको र फर्जी बालमैत्री घोषणा कार्यक्रम बाहेक कुनै पनि कार्य गर्दा न बोलाएको बताए ।            

‘ पहिलो पटक फर्जी बालमैत्री नगर घोषणा गर्ने बेला त्यसको साक्षी बस्न मलाई एउटा होईन ६ ओटो निमन्त्रणा दिइएको थियो, तर म गईन ।’ नेपाली काग्रेसका क्षेत्रिय सभापति समेत रहेका गुप्ताले भने,‘ नगर कार्यपालिकामा हाम्रै पार्टीको बहुमत छ,निर्वाचित भएको केही समय परख र हेरको स्थितीमा म थिए ।’ सभापति गुप्ताले भने,‘तर अब अति भयो,म विकाश निमार्णबारे जनताको जायज चासोका् विषयमा  कुरा उठाउँछु ।’ निर्वाचनमा तेस्रो मत ल्याएका राजपाका उम्मेदबार माधव चौधरीले पनि बिपक्षीको नाताले निर्वाह गर्नुपर्ने जिम्मेबारी पुरा गर्न नसकेको र अब अरु सबै प्रत्यासी उम्मेदबारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘ नेपाली काग्रेस र नेकपाले संयुक्त रुपमा नगरपालिका चलाउँदा विकाश निमार्ण र राम्रो काम गर्छ भने किन सुरुमै विपक्षीको नाताले ‘डिस्टर्ब’ गर्ने भन्ने सोँच आयो । तर नगरपालिकाको दुर्गति हेर्दा अब पनि मौन बसियो भने जनताले माफी नदिने महसुस भएको छ ।’                

संमाजवादी पार्टी( सघीय समाजवादी फोरम)का नगर प्रमुखका उम्मेदबार सुदम्बर यादबले पनि नगरपालिकाले अहिलेसम्म विपक्षी दलका नेताहरुलाई  नगरको विकाश निमार्णबारे कुनै सुझाव नलिएको बताए  । ‘ जनताले हामीलाई पत्याएनन्,वसन्त जीलाई पत्याए,अहिले उहाँले शासन गर्दैछ ।’ यादबले भने,विपक्षीको हैसियतले हामीले अहिलेसम्म केही गरेका छैनौं,तर अव नगरको विकाश र सुशासनका लागि केही गर्नुपर्छ ।’ तत्कालिन फोरम लोकतान्त्रिक बाट नगरप्रमुखको उम्मेदबार रहेका दिपक गुप्ताले भने,‘अहिले हाम्रो पार्टी नपाली काग्रेसमा विलय भएको छ । जिम्मबारी बाँडफाड लगायत धेरै कुरा मिलिसकेको छैन । तर अब हामी पार्टी भित्र र बाहिर पनि नगरबारे गम्भिर छलफल गर्छौ । उनले भने,‘ नेपाली काग्रेसका केही वडाअध्यक्ष मेयरको लठैत भएको छ,उनीहरु पार्टीको हितभन्दा पनि व्यक्तिगत ठेक्कपा पट्टा र स्वार्थका लागि विपक्षीसँग साठगाठ गरेकोले त्यसबारे हामी पार्टी भित्र गम्भिर छलफल गरेर अघि बढ्छौं ।’ नगरकार्यपालिकामा नेकपा, काग्रेस,  राजपा र फोरम सबै पार्टीको खिचडी गठबन्धन छ । तर पूर्ण बहुमत नेपाली काग्रेसको हुदाहुदै कुनै ठोस कार्ययोजना र पार्टीमा तालमेल नहुदाँ अल्पमतमा रहेका नेकपाको लाईनमा नगरपालिका चल्दैछ । कञ्चनपुर,असोज  २२ गते । बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन बुधबार कुष्माण्डादेवीको पूजा गरिदै छ । पूजाका लागि देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको घुईंचो लागेको छ । 
 

प्रतिक्रिया