कञ्चनपुर,मंसिर ३० गते । संघिय कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्री एवं काङ्ग्रेस उपसभापति धनराज गुरुङ्गले गठबन्धन गरेर स्थानीय ,प्रदेश र केन्द्रको चुनाब लडदा मधेसमा काङ्ग्रेस कमजोर भएको बताएका छन् ।
काङ्ग्रेस अन्तरक्रिया तथा भेटघाट कार्यक्रम प्रदेश सभा क्षेत्र १ (ख) बरमझिया सप्तरीमा शनिवार मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । मन्त्रीले गुरुङ्गले भने,‘काङ्ग्रेस कसैको बैशाखीमा नदौडेर आफ्नै बैशाखीमा दौडनु पर्छ । आफ्नै बैशाखीमा दौड्दा प्रगति हुन्छ ।’ अगामी चुनाव काङ्ग्रेस पार्टीले अरुकोे बैशाखीमा भन्दा एक्ललै लड्ने मन्त्री गुरुङ्गले प्रतिबद्धता जनाएका छन् ।
काङ्ग्रेस अरु पार्टीको चश्माले देख्दा मधेसमा कमजोर भयो । उनले भने ,‘गठबन्धनको अँखाले देख्दा मधेसबाट मन्त्री मण्डलमा कम प्रतिनिधि सहभागी हुन सकेको छ । ’ रामराजा प्रतिष्ठान निर्माणका लागि प्रक्रियाहरु चाडैँ अगाडि बढाएर यहाँका विद्यार्थीहरु यहि पढ्ने बताबरण बनाउन पहल गछौं ।’
काग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सप्तरी लगाएत सतहत्तरै जिल्लाको सभापतिलाई सहयोग गर्नु पर्छ । असहयोग गर्न मिल्दैन ,चुनावको बेला बिचारको रुपमा चुनाव हुने भएपनी चुनावको परिणाम आएपछि गुट उपगुट छोडेर परिणाम स्वीकार गर्दै अगाडि बढ्नु पर्ने मन्त्री गुरुङले बताए ।
काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाईलीले मिसन ८४ नभएर काङ्ग्रेस कसरी संगठित र मजबुत हुन्छ,त्यो सब भन्दा बढी जरुरी रहेको बताए । उनले भने,‘ वडादेखी क्षेत्र , प्रदेशका साथि र निर्वाचित जनप्रतिनिधिहरुले जब सम्म काम गर्दैन संगठन र काङ्ग्रेस बलियो हुदैन ।’काङ्ग्रेसले मधेसी र दलितलाई मन्त्री नबनाउदा मधेशमा काङ्ग्रेस कमजोर भएको समेत रसाइलीले बताए ।
काङ्ग्रेसका जिल्ला सभापति रामदेव साह,उपसभापति रामकुमार यादव,क्षेत्र सभापति ,नगर सभापति लगाएतका बक्ताहरुले संगठन र पार्टीको कमि कमजोरी के रहेछ ? अबको दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा आफ्नो आफ्नो बिचार समेत अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।
कार्यक्रममा नेबि संघका जिल्ला अध्यक्ष राकेश मण्डल ,तरुण दलका जिल्ला सदस्य रबिन्द्र गोइत , काङ्ग्रेस का जिल्ला सचीव सन्तमण्डल प्रवक्ता नन्दकिशोर यादब,भरतराज शर्मा लगाएतका सहभागिता थियो । प्रदेश सभा क्षेत्र १(ख) का सभापति उमेश मिश्रको अध्यक्षतामा कार्यक्रम भएको थियो भने,कार्यक्रम सञ्चालन युवा नेता रामनरेश यादवले गरेको थियो ।
प्रतिक्रिया