संयुक्त राजनीतिक दलित संघर्ष समिती पर्साको अध्यक्षमा इश्क कुमार पासवान चयन

  • मंसिर ३0, २0८0
  • 0
...


पर्सा,मंसिर ३० गते ।
संयुक्त राजनीतिक दलित सर्घष समिति पर्सा जिल्लास्तरीय भेलाबाट सर्घष समितिको अध्यक्षमा इश्ककुमार पासवान चयन भएको छ ।  
पर्साको बिरगंजमा शनिबार आयोजित जिल्लास्तरी भेला तथा अन्तरक्रीया कार्यक्रम सप्पन्न भएको छ ।  समितिका मधेस प्रदेश अध्यक्ष रामो महराको अध्यक्षता सम्पन्न भएको उक्त जिल्ला भेलामा नेपाली काङ्ग्रेसका रामबरण पासमान, नेकपा एमालेका मेघराज पासमान, माओवादी केन्द्रका लवकुश बैठा, नेकपा एसका ब्रीजलाल पासमान लगायतका नेतागणको उपस्तिथि रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एबम  अन्तरिम संविधान सभा सदस्य राम आश्रय रामले दलित मुक्तिको सवालमा निर्णायक आन्दोलनको खाचो रहेको बताउनु भयो । अबको पुस्ताले कुनै पनि किसिमको दमन शोषण सहन गर्नु हुदैन । पार्टीगत रुपमा जहाँ भएपनि दलित मुद्दामा आ आफ्नो पार्टी नेतृत्वमा दवाव सृजना गर्न सक्नु पर्छ भन्ने जोड् दिए । 
दलितको शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मान, राज्यमा समानुपातिक समाबेशी प्रतिनिधित्व, सुरक्षामा राज्यले पुर्णरुपमा कार्यान्वयन नगरे हामी सम्पुर्ण दलमा आवद्ध दलित समुदाय आन्दोलन सम्म पग्ने बिचार प्रकट गरेका छ्न ।
हाल नेपालको संघीय संसदमा बिचाराधीन रहेका शिक्षा एन, निजामती एन र निर्वाचन एन पुर्णरुपमा दलितमैत्री हुनुपर्नेमा अध्यक्ष रामो महराले बताए । नेपालको परिवेशमा दलितलाई राज्यको मुलढोकामा प्रवेश गराउनको लागि क्षतिपूर्ति सहितको ब्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया