न्यायको अनुभूतिका लागि फैसला कार्यान्वयन महत्वपूर्ण : न्यायाधीश इङ्गनाम

  • पुष ४, २0८0
  • 0
...

राजविराज पुस ४ गते । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामले न्यायको अनुभूतिका लागि फैसला कार्यान्वयन महत्वपूर्ण पक्ष रहेको बताउनु भएको छ ।
नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज राजविराजमा आयोजित बार्षिक पूर्व समीक्षा गोष्ठीमा उहाँले सो कुरा बताउनु भएको हो । 
“अदालतले कानून बमोजिम गर्न आदेश दिने भएकोले दोषीलाई मात्र कारवाही गर्ने र निर्दोषलाई नगर्ने भनेको हो ।” न्यायाधीश इङ्गनामले भन्नुभयो– “कानूनको पालना गरेर मानव अधिकारको संरक्षणमा अदालतले प्रमुख जिम्मेवार भएर काम गर्छ ।” कतिपय विवादमा मेलमिलाप गरेर दुबै पक्षको जित गराउनेतर्फ पहलकदमी लिन उहाँले कानून व्यवसायीहरुसँग अपील गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको सबै भारी सिडिओलाई बोकाएर पन्छिने प्रवृति वेठिक भएको बताउनु भयो । आ–आफ्नो जिम्मेवारी सबैले बोक्नुपर्ने भन्नुहुँदै उहाँले ठिकलाई ठिक र गलतलाई गलत भन्ने बानीको विकास हुनुपर्ने बताउनु भयो । “शान्ति सुरक्षा समितिको वैठकले सप्तरी महोत्सवमा प्रिती पासवान आउँदा हुन सक्ने जोखिम मूल्याङ्कन गरेर नै सुरुमा रोकेको थियो, तर राजविराज नगरपालिकाले अनुमति दिने, नगरपालिकालगायत आयोजक युवा, पत्रकार महासंघ, उद्योग बाणिज्य महासंघ सबैले दवाव दिएर उदण्ड मच्चिने अवस्था सृजना भएपछि केही शर्तसहित अनुमति दिनुपर्ने अवस्था आएको हो ।” महोत्सवमा मूल्याङ्कन गरेबमोजिम नै घटना भएपछि निशाना भने प्रहरी प्रशासनलाई मात्र बनाइनु वेठिक भएको उहाँले बताउनु भयो । 
त्यसअघि जनमत पार्टीका इन्चार्ज रामगमन साहले सप्तरी महोत्सवमा भएको हुलदंगा, तोडफोडको जिम्मेवारी आयोजक र अनुमति दिनेले लिनुपर्ने बताउनु भएको थियो । उहाँले भ्रष्टाचार गर्नेमा होडबाजी चलेको र हरेक कार्यालयमा विचौलियाको विगविगी बढेको गुनासो पनि गर्नुभयो ।  
जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले परिवर्तिन कानून बमोजिम हाल जिल्लाबाट चल्न थालेको बैकिङ्ग कसूर, संगठित अपराध, साइबर अपराधका घटना समेत समावेश गरेर इन्सेकले वर्ष पुस्तक परिष्कृत गर्नुपर्ने विचार राख्नु भयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले मानव अधिकार हननमा मात्र नभई संरक्षणमा पनि प्रहरी जोडिने गरेको बताउनु भयो । प्रहरीमा आएका सबै उजुरी दर्ता गर्न थालेमा कुनै घर बाँकी नरहने भएकोले वास्तविक घटना मात्र दर्ता गर्न थालेको प्रनाउ नेउपानेले बताउनु भयो ।
जसपा सप्तरीका उपसचिव शम्भु यादवले लोकतन्त्रमा नीतिगत सुधार भएपनि व्यहारमा स्थानीय सरकारको अनुभूति हुन नसकेको बताउनु भयो । प्रहरीले सबै मुद्दा दर्ता गरेमा धान्न गाह्रो हुने भएकोले दर्तालाई न्यूनिकरण गर्नुपर्ने सुझाव दिनुभयो ।
इन्सेकका मानार्थ सदस्य बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्ला बार एकाईका अध्यक्ष रामप्रसाद चौधरी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान, नागरिक समाज अध्यक्ष थानसिंह भन्साली, एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटा, सामुदायिक सेवा केन्द्रका प्रमुख सल्लाहकार हितनारायण दास, बाल क्लब सप्तरी अध्यक्ष सलमा खातुन र सदस्य सोनिया मण्डल, सबल नेपालका निरबहादुर आल, सहयोगी समाज रामप्रकाश चौधरी, अधिवक्ता रञ्जिता रिजाल लगायतले धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली सेनाका गणपति रमेश पाण्डे, स्रेस्तेदार कृष्णप्रसाद अधिकारी, उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, लोसपा अध्यक्ष सुनिल झा, गैसस महासंघ सप्तरी अध्यक्ष दिपक कुमार झा, कारागार कार्यालय प्रमुख सदानन्द दास, लायन्स क्लब डिस्ट्रीक गर्भनर शंकर शारदा, समावेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झा, बौद्धिक अपांग अभिभावक महासंघ सप्तरी अध्यक्ष जगदीश अर्याल, राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण, सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्रकुमार दास, अधिवक्ता साधना कर्ण, पत्रकारहरु डम्बर राई, बृजमान तामांग, नविन यादव, बालअधिकारकर्मी बिशेन्द्र पासवान, इन्सेक सहजकर्ता अजय परियारलगायतले सुझाव दिनु भयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य दिनानाथ यादवद्वारा सञ्चालित कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले एक वर्षमा सप्तरीमा भएको मानव अधिकार उल्लंघनका एक सय ६० ओटा घटनाको विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सप्तरीमा सन २०२३ मा हत्याको १९, राज्यबाट कुटपिट र दुव्र्यवहारको ३, गैरराज्यबाट कुटपिट र दुव्र्यवहारको ७, आत्महत्या दुरुत्साहनको ५, महिला बलात्कारको १९, वैवाहिक बलात्कारको १, महिलामाथि बलात्कार प्रयासको ५, गर्भपतनको २, कथित बोक्सीको आरोपमा अमानविय व्यवहारको ३, महिला अपहरणको १, महिलामाथि यौन दुव्र्यवहारको १, मानव वेचविखनको १, महिलामाथि अपमानजनक व्यवहारको २, बहुविवाहको १७ घटना अभिलेख गरिएको छ ।
यसैगरी बालिका बलात्कारको २१, बालिकामाथि यौन दुरुपयोगको २, बालविवाहको ९, बालिका अपहरणको १, बालिका बेपत्ताको १, बालबालिकामाथि कुटपिटको ४, बालबालिकामाथि अभद्र व्यवहारको १, घरेलु हिसाको ३१ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत ४ ओटा घटना संकलित गरिएको छ ।

सप्तरीमा बढ्दो मानव अधिकार उल्घनका घटना ः एक बर्षमा १९ जनाको हत्या
रामनाथ राम
राजविराज,पुस ४ गते ।
सप्तरीमा सन् २०२३ सम्ममा इन्सेकमा मानवअधिकार उल्घनका १६० घटना अभिलेख भएको छ । यो संख्या विगतको बर्षभन्दा बढी हो । सन २०२२ मा ९०, सन २०२१ मा १०० र सन २०२० मा १३७ घटना अभिलेख भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

राजविराजस्थित सप्तरी जिल्ला अदालत बार एकाइको सभाकक्षमा बुधबार नेपाल मानव अधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
सन २०२३ मा १९ जनाको हत्याको अभिलेख छ । जसमा७ महिला र २ बालक छन् । सबै घटना गैरराज्य पक्षबाट भएको हो । गत वर्ष १२ जनाको हत्या घटना अभिलेखित थियो । गैरराज्य पक्षबाट ६५, ६०, ६०, ५५, २६, ३५, २५,२०, २०, १८ वर्षीय १०पुरुषको हत्या घटना भएको छ । ती घटनामा छोरा, ससुराली घर बसेका ज्वाई, साथीसहित किटानी आरोपित १७ जना छन् । एक घटनाको मृतक र पहिचान खुलेको छैन् । आरोपितमा धरौटी २, थुनामा ७, पक्राउ पुर्जी ५, संरक्षक १, आंशिक सजाय पाउने १, फरार १ जना छन् । ती घटनामध्ये तिलाठी कोइलाडी–७ मन्सापुर बुढी इनारमा ०८० साउन १२ गते हत्या गरिएको अवस्थामा शव फेला परेको हनुमाननगर कंकालिनी –१० इनर्वाका १८ वर्षीय तिर्थनारायण मण्डलको घटनाको अनुसन्धान हुन सकेको छैन् । हनुमाननगर कंकालिनी –४ मधवापुरमा २०८० जेठ ८ गते २० वर्षीय अपरिचित एक युवकको घाँटी काटेर हत्या भएको घटनाको मृतक र आरोपितको पहिचान हुन सकेको छैन् । अन्य घटनाहरु हनुमाननगर कंकालिनी –७, बोदे बर्साइन –३ र ६, महादेवा–६, शम्भुनाथ–२, कञ्चनरुप–७ र १० तथा बलान बिहुल–२ मा भएको हो । 
    यसैगरी यो अवधिमा ७ महिलाको समेत हत्या भएको छ । चारओटा घटनामा आरोपित पति, एउटामा लिभिंग टुगेदरमा बसेका प्रेमी र २ ओटामा घटनामा छिमेकी गरी १४ जना आरोपित छन् । बलात्कार गरेर हत्या गरेको आरोप लागेका प्रेमी राजविराज–६का ४२ वर्षीय शंकर शर्मालाई भदौ १० गते जन्मकैदको सजाय भएको छ । उनीमाथि बलान विहुल–५ रामनगर घर भई राजविराज–४ बजरंग चौकमा डेरा बसेकी ४१ वर्षीया महिलाको २०८० वैशाख २४ गते हत्या गरेको आरोप छ । अन्य ३ घटनाका आरोपित ३ जना पति पुर्पक्षका लागि थुनामा छन् । ८० र ७० वर्षीया बृद्धाहरुको हत्या आरोप लागेका छिमेकी २ जना पुर्पक्षका लागि धरौटीमा छुटेका छन् भने २ जना फरार छन् । अन्य मृतक महिलाको उमेर २० देखि ३८ वर्ष रहेको छ । रुपनी–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको २०८० असार १३ गते उनका पति, सासु, ससुरा र छिमेकी ३ जना मिलेर हत्या गरेको आरोप लागेको छ । जिप्रकामा असार १९ गते झुण्डी ज्यानसम्बन्धी मृत्युमा निवेदन दर्ता भएको छ । सुनिताको साढे ४ महिना अघि मात्र ०७९ माघ २३ गते विवाह भएको थियो । 
    महिला हत्याको घटना राजविराज –४, सुरुङ्गा –७, शम्भुनाथ –५, महादेवा –२ छिन्नमस्ता –२ तथा रुपनी गाउँपालिकाको वडा नम्बर–२ र ३ मा भएको हो ।
    यसैगरी १७ वर्षीय बालकको खडक–११ बनौलीस्थित रामप्रकाश यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीमा तथा १५ वर्षीया बालिकाको अपहरण पछि भारतको दिल्ली लाजपत नगरमा लगेर हत्या गरेको २घटना पनि अभिलेखित गरिएको छ । खडक–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिन २०८० भदौ २१ गतेदेखि बेपत्ता भएको उजुरी दिएपनि प्रहरीले खोजतलाश नगरेको गुनासो गर्न पत्रकार सम्मेलन राखेकै दिन असोज १३ गते अजिमुद्दिनको शव प्लाष्टिकको बोरामा हाली सिमेन्टको पोलमा बाँधी त्यसमाथी ट्याक्टरको फलामको रिमले थिचेर पोखरीमा लुकाएको अवस्थामा फेला प¥यो । उक्त घटनामा ४ जना आरोपित न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशबाट कात्तिक १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । चार जना फरार छन भने १४ वर्षीया बालिका संरक्षकको जिम्मामा छिन् ।
    यो वर्ष आत्महत्या दुरुत्साहनका ५ घटनामा १८ देखि ३१ वर्षीया महिला पीडित भइन् । राजविराज–३, सुरुङ्गा–५ र १० तथा अग्नीसाइर कृष्णसवरण–४ र ५ मा उक्त घटना भयो । गत वर्ष आत्महत्या दुरुत्साहनका २ घटनामा १८ वर्षीया र २० वर्षीय युवा पीडित थिए । सन २०२१ मा दुरुत्साहनका ३ घटनामा २०, २४ र २८ वर्षीया ३ महिला पीडित थिइन् । अन्य वर्षको झै यो वर्ष पनि आरोपितहरूमा पति, ससुरा र प्रेमी गरी ७ जना रहेका छन् । जसमा आरोप लागेका २ जना पति पुर्पक्षका लागि थुनामा छन् । प्रेमी, ससुरा र पतिका प्रेमिका फरार छिन् । आरोपित १ जना पतिविरुद्धको अभियोग दावी नपुग्ने फैसला भएको छ भने ट्यूशन पढाउने अग्निसाइर कृष्णसवरन–४ टेङ्गग्रीका ३२ वर्षीय राधेश्याम मण्डललाई ०८० कात्तिक १६ गते २२ दिनको कैद सजाय भएको छ ।


इन्सेक मानार्थ सदस्य बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि  सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनाम रहेका थिए । कार्यक्रमा  सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा,नेपाली सेनाका गणपति रमेश पाण्डे,स्रेस्तेदार कृष्णप्रसाद अधिकारी,उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला,लोसपा अध्यक्ष सुनिल झा
जनमत पार्टीका इन्चार्ज रामगमन साह,जसपा सप्तरीका उपसचिव शम्भु यादव,जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौला,डिएसपी ढुण्डीराज नेउपाने,सप्तरी जिल्ला बार एकाई अध्यक्ष रामप्रसाद चौधरी,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान,
नागरिक समाज अध्यक्ष थानसिंह भन्साली,गैसस महासंघ सप्तरी अध्यक्ष दिपक कुमार झा
कारागार कार्यालय प्रमुख सदानन्द दास,लायन्स क्लब डिस्ट्रीक गर्भनर शंकर शारदा,समावेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झा,बौद्धिक अपांग अभिभावक महासंघ सप्तरी अध्यक्ष जगदीश अर्याल,एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटा,राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण,सामुदायिक सेवा केन्द्र अध्यक्ष धिरेन्द्रकुमार दास,सामुदायिक सेवा केन्द्र प्रमुख सल्लाहकार हितनारायण दास
,बाल क्लब सप्तरी अध्यक्ष सलमा खातुन र सोनिया मण्डल,सबल नेपालका निरबहादुर आले
सहयोगी समाज रामप्रकाश चौधरी,अधिवक्ता साधना कर्ण, रञ्जिता रिजाल,इडभोकेसी फोरमका कुमार प्रसाद थपलिया,पत्रकार डम्बर राई, नविन यादव, बृजमान तामांग
बालअधिकारकर्मी बिशेन्द्र पासवान,इन्सेक सहजकर्ता अजय परियारको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चाललन  नेपाल पत्रकार महासंघ सप्तरी सदस्य दिनानाथ यादवले गरेका थिए ।


इनरुवा नगरपालिकाको शैक्षिक सुधारका लागि अभियानद्धारा ध्यानाकर्षण
इनरुवा, पुस ४ गते । सुनसरीको इनरुवा नगरपालिकाको शिक्षा सुधारको माग गर्दै शैक्षिक सुधार अभियानले बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । 
अभियान मार्फत नगरक्षेत्रको शिक्षाको बेथिति अन्त्यको लागि नागरिक समाजको तर्फबाट भुमिका निर्वाह गर्दै आएको अभियानले देशको विकासको मेरुदण्ड भनेको शिक्षा र स्वास्थ्य भएको भन्दै सुधारको माग गरेको हो ।
 सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएको र विधार्थी माथि खेलबाड भईरहेको भन्दै सरोकारबालाहरुले चिन्तित हुदै माग पत्र बुझाएको छ । यस विषयमा सरोकारबालाहरुसंग गरिएको छलफल र परामर्शले सुधारको प्रयास गर्नुपर्ने सुझाव आएले सोही अनुसार करिव दुईवर्षयता विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको विभिन्न आठ सुत्रिय माग र सुझाव सहितको ज्ञापन पत्र मंसिर २७ गते बुझाएकोमा त्यसलाई केही प्रधानाध्यापकको झुण्डले आरोप पत्र भनेकोमा गम्भिर ध्यानाकर्षण भएको अभियानले जनाएको छ । 
इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाउदाँ ३० वटै सामुदायिक विद्यालयमा शैक्षिक सुधार तथा अवस्थाको आवश्यक छानविन गरि दण्ड तथा पुरस्कारका नीति अनुसार काम गर्नुपर्ने माग, अनुगमगनले देखाएकाले शैक्षिक सुधार गर्दै शैक्षिक क्षेत्रमा देखिएको बेथिति, गुटबन्दी, दलीय प्रभाव र शिक्षक कर्मचारी बीचमा बढेको आफुखुसी गर्ने परिपाटीलाई निरुत्साहित गर्न आवश्यक अनुगमन गरि छानविन सहित कार्वाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएकोमा छानविन समिति नगरपालिकाले गठन नगर्दै प्रअहरुले हचुवाकोे भरमा गरेको निणर्यहरु प्रति आपती लगाएको छ । प्रअहरुले अवैधानिक, कानुन विपरितको विद्यालय १० बजेदेखी ३ः३० बजेसम्म लगाउने र त्यसको निर्णय तथा सूचना नगरपालिकाले जारी गरिदिनुपर्ने लजास्पद र हास्यापद निणर्य गर्नेहरु माथि कानुन अनुसारको कार्वाहीको लागि जोडदार माग गर्दै ध्यानाकर्षण पत्र बझाएको हो ।
 अभियानले मागहरु सुवुवाई नभए कडा आन्दोलन तथा सर्घषका कार्यक्रम गर्न बाध्य हुने नगरपालिकालाई चेतवानी दिएको छ । तीनभित्र सम्बोधन गर्नुपर्ने माग तथा सुझावहरुमा कक्षा ९ र १० का विधार्थीसंग परीक्षा र रजिस्टेसन फारमको नाममा लिएको बढी रकम फिर्ता गर्नुपर्ने र गराउनुपर्ने, विद्यालय समयमा पढाई र कक्षा प्रभावित पारेर दिनभर नगरपालिकाको सभा हलको दुरुपयोग गरि गैरकानुनी निर्णय गर्ने प्रधानाध्यापकहरुलाई स्पस्टिकरण सोधी छानविन गरि कार्वाही गर्नुपर्ने  र विद्यालय छाडेर नगरप्रमुख, प्रशासकिय अधिकृत र शिक्षा शाखा समेतलाई गुमूाहामा पारेर आफ्नो गल्ती कम्जोरी लुकाउने गरि प्रअहरुले गरेको संघीय, प्रदेश र स्थानीय तहको कानुन विपरितको विद्यालय १० बजेदेखी ३ः३० बजेसम्म लगाउने र त्यसको निर्णय तथा सूचना नगरपालिकाले जारी गरिदिनुपर्ने लजास्पद र हास्यापद निणर्य गर्नेहरु माथि कानुन अनुसारको कार्वाही गर्नुपर्ने माग रहेको छ ।
त्यसैगरी अभियानले इनरुवा क्षेत्रको भगवती माविमा विज्ञान शंकाय सहितको पढाई हुने गरि कक्षा ११ र १२ को पढाई सुरुवात गर्नुपर्ने, नगरक्षेत्रमा प्राविधिक धारको विद्यालयका लागि प्रकृया अगाडि बढाउनुपर्ने सुझाव दिएको छ । उता नगरक्षेत्रका सरोकारबालाहरुले केटाकेटीको खाजा भाग मासेर खानेहरुलाई कार्वाही गर्नुपर्ने, सामाजिक परीक्षण, लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, कक्षाकोठाका बसेर इमान्दारीपूर्वक बालबालिकाहरुको पढाई गर्नुपर्ने, विद्यालयहरुले शिर्षक अनुसारको बजेट सोही शिर्षकमा खर्च गरेर नैतिकता देखाउनुपर्नेे र अभिभावकले सोध्न आएन र शिक्षकले नआएको दिनको हाजिरि गर्न पाएपछि महान बन्ने मपाई परिपाटीको अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया