जिल्लास्तरीय हाजरी जवाफ प्रतियोगितामा बालबोध दोस्रो हुदैँ ५० हजार नगद पुरस्कार हात पारे

  • पुष १0, २0८0
  • 0
...

कञ्चनपुर,पुस ९ गते ।
मातृ भूमि प्रतिष्ठानको आयोजनामा सम्पन्न जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कञ्चनरुप नगरपालिका ८ स्थित बालबोध सेकेन्ड्री स्कूलले दोस्रो स्थान हासिल गर्दै नगद ५० हजार पुरस्कार पाएका छन्  ।
भारदहमा आयोजित कार्यक्रममा १४ वटा विद्यालयले भाग लिएका थिए । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सप्तकोशी नगरपालिका स्थित मदर मेमोरियल सेकेन्डी स्कूल फत्तेपुर १३२.५ अंकले ल्याउँदै प्रथम स्थान हासिल गरेका थिए । प्रथम स्थान हासिल गरेका टिमलाई एक लाख नगद पुरस्कार पाएका थिए ।  
त्यसैगरी हाजिरी जवाफ कार्यक्रममा १२९.५ अंक ल्याउँदै दोस्रो स्थान हासिलका गरेका बालबोधले ५० हजार नगद मेडल, प्रमाणपत्र तथा ट्रफीबाट पुरस्कृत भएका छन् । बालबोध मा. वि. का  सुमित यादव ,प्रसन्न खड्गा, देबिन पासवान,प्रिया मण्डल र स्वरित साह सहभागि भएका थिए । 
सुनिलकुमार लौगीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विशिष्ट अथितिको रुपमा हनुमानगर कंकालिन नगरप्रमुख विरेन्द्र मंडलको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल संजय खडगा समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया