अवलोकित समाचारदाता
कञ्चनपुर, असोज १६ गते । कञ्चनरुप नगरपालिकामा गत आर्थिक वर्ष २०७५÷०७६को वास्तबिक खर्चको प्रस्तुत गर्न नसकेपछि तेस्रो पटक नगरकार्यपालिकाको बैठक स्थगित भएको छ ।
कञ्चनरुप नगरपालिकाको कार्यालय अस्तव्यस्त छ । आर्थिक वर्ष सकिएको अढाई महिना वितिसक्दा पनि गत आर्थिक वर्षमा के कत्ति रकम खर्च भयो ? कति बाँकी छ ? बास्तबिक खर्च प्रस्तुत गर्न नसकेपछि बैठक स्थगित भएको वडा नम्बर ७का वडाध्यक्ष हरिकृष्ण महतोले बताए ।
‘यो पटक जबसम्म हरहिसाब हेर्दैनौं,तबसम्म बैठक अघि बढ्दैनन् ।’ वडाअध्यक्ष महतोले भने,‘ हामी जनप्रतिनिधिहरुलाई बास्तबिक खर्चबारे अढाई महिनासम्म जानकारी छैन,अरु सर्वसाधरणको के कुरा ?’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले पनि गत आर्थिक वर्षको आय–व्यय बैठकमा प्रस्तुत गर्न नसकिएकोले बैठक स्थगित भएको स्वीकार गरे । उनले भने,‘ आधारभूत कुराहरु समेत पुरा गर्न अझै केही समय लाग्छ । दशैं लगत्तै केही परिर्वतन हुन्छ । ’
यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले जिल्ला समन्वय समितिमा राजविराजमा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा विकाश बजेट ४२ प्रतिशत र चालु खर्च ७४ प्रतिशत भएको जनाएको थियो ।
कञ्चनरुप नगरपालिकाका कार्यपालिका सदस्य एवं विपक्षीहरुले उठाउनु पर्ने सवाल
१.नगरपालिकामा विकास निमार्णका लागि आएको रकम किन ४२ प्रतिशत मात्रै खर्च भयो ? खासगरी नगरस्तरीय योजनाहरुको पैसा खर्च भएन ?
२. नगरपालिकाले चौमासिक रुपमा गर्नु पर्ने सार्वजनिक सुनवाई जनप्रतिनिधि आएको दुई वर्षसम्म पनि किन गरेनन् ? सार्वजनिक सुनवाई गर्न नसक्ने प्रमुख व्यक्तिले भ्रष्टाचार न गर्ने र नगर्ने दिने भाषण गर्न नैतिकताले दिन्छ कि दिदैनन् ?
३. कञ्चनरुप नगरपालिकाका प्रमुखले नगरपालिकाको गाडी नचढ्ने उद्घोष गरेपछि इन्धन वापत विनयोजित बजेट कति खर्च हुनबाट जोगियो ? विनयोजित बजेट र खर्च हुनबाट रोकिएको रकम समेतबार जानकारी ।
४.बालमैत्री नगरपालिका घोषणाका अधार के हो ? नगरपालिकामा कति जना बालश्रमिक छन् ? विद्यालय बाहिर कति विद्यार्थी छन् ? त्यसबारे कुनै प्रमाणित तथ्य–तथ्याकं छ ?
५.नगरपालिकामा अहिलेसम्म विभिन्न सवारी साधन खरिदमा कत्ति खर्च भएको छ ?र,अहिलेसम्म ती सबारी साधनबाट नगरपालिकालाई कति आम्दनी भएको छ ? त्यसको विवरण ।
६. नगरपालिकाका कर्मचारीहरुलाई बस्नका लागि विभिन्न व्यक्तिको घर भाडामा लिइएको छ,त्यसको विधि प्रक्रिया के हो ? अहिलेसम्म घरभाडा वापत कुन घरधनीलाई कति भुक्तानी दिइएको छ ? त्यसको विवरण ।
७.नगरपालिकाले विभिन्न सल्लाहकारहरु नियुक्त गरेको छ,उनीहरुलाई के आधारमा तलब खुवाइएको छ ? मासिक रुपमा तलबी कर्मचारी राख्ने प्रक्रिया के हो ? कर्मचारी भएपछि त्यसको कार्यदेश र समयतालिका केही बनाइएको छ छैन ?
८.नगरपालिकाले अहिलेसम्म के कत्ति कानून र कार्यविधि वा निर्देशिका बनाएका छनन् ? त्यसको पालना भएको छ कि छैनन् ?
९. नगरपालिकाले कर्मचारी भर्नाको लागि निवेदन माँग गरेर किन महिनौंहुदाँ समेत कर्मचारी भर्ना नगरेको ? गर्न नसक्ने भए निवेदनसँगै लिएको राजश्व रकम फिर्ता गर्ने कि नाई ?
१०.प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तगर्तको रकम के कति कारणले खर्च हुन सकेनन ? कति व्यक्तिले निवेदन दिउका थिए,रोजगारीका लागि ?
प्रतिक्रिया