मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुन्छ : राजेन्द्र महतो

  • पुष १0, २0८0
  • 0
...


राजविराज,पुस १० गते । 
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिएका छन् । 
सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत नेता महतोले उक्त चेतावनी दिएको हो ।  नेता महतोले भने,‘लोसपामा आन्तरिक संघर्ष चर्किएको छ । लोसपालाई अब मान्छेले लोसे पार्टी भन्न थालिसकेका छन् ।’
नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् । 
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउदै जिल्ला दौडाहामा रहेका वरिष्ठ नेता महतोले आफूले छुटै पार्टी खोल्ने मनस्थिति बनाइ नसकेको स्पष्ट पारे । मधेसमा समस्या पर्दा सद्भावना पार्टीले सरकार नछोड्दा मधेशी जनअधिकार फोरमको उदय भएको स्मरण गर्दै उनले मधेशी जनतामाथि अन्याय हुँदा समेत सरकारमै टासी राख्ने हो भने सरकारमा रहेको चार मधेशी दलको विकल्प खोज्न जनता बाध्य हुने दावी गरे ।
नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए । नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको महतोको भनाइ छ ।

मधेश आन्दोलनका क्रममा महोतरीमा भएको सुरक्षाकर्मीको हत्याको विषयमा अभिराम शर्मासहितलाई आजीवन कारावाससहितको सजाय भइरहँदा मधेशवादी दल चुप लागेर बस्नु मधेश आन्दोलनलाई अपराधीकरण गर्ने र्फको सरकारी सोचमा समर्थन गर्नु रहेको महतोको भनाइ छ । ‘मधेश आन्दोलन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको थियो,’ नेता महतोले भने,‘मधेश आन्दोलनमा लागेकाहरूलाई मुद्दा लगाएर आजीवन कारावास हुँदै गर्दा आह्वानकर्ता दल र तिनका नेताको चुप्पी शंकास्पद छ ।’ उक्त अवसरमा लोसपा महासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, शम्भु प्रसाद यादव, विशेश्वर साहलगायतका लोसपा नेताहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया