कञ्चनपुर,पुस १० गते । कञ्चनरुप नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा खर्च शून्य भएको छ ।
कञ्चनरुप नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा खर्च शून्य देखिएको छ ।
आर्थिक बर्ष २०८०÷०८१मा कुल स्वीकृत बजेट ७६ करोड ७० लाख २० हजार ६ सय ७८ रुपैयामध्ये साउनदेखी असोजसम्ममा खर्चको प्रगति शून्य रहेको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।
पालिकामा पछिल्लो समय नगरप्रमुख ललन प्रसाद गुप्ताले आफैले ल्याएका प्रमुख प्रशसकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई सरुवा गरान कामलाई प्राथमिकता दिएका कारण विकास निमार्ण लगायतका काम अघि नबढेको हो ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशसाकीय अधिकृत पुरुषोत्तम घिमिरीले भने वडा कार्यालयको सिलिङ्गको बजेटका लागि उपभोक्ता समिति गठन गर्न कार्यदेश दिइसकिएको बताए । उनले भने,‘ वडा कार्यालयहरुले धामाधम उपभोक्ता समिति निमार्णको काम अघि बढाएको छ,छिटोभन्दा छिटो सम्झौता गरेर काम अघि बढाउँछौं ।’
कञ्चनरुप नगरपालिकाको नगरसभाबाट काम गर्दा कोटेशनमा भन्दा पनि उपभोक्ता समिति र टेण्डर प्रक्रियाबाट गर्ने निर्णय भएको र त्यो पछि नगरप्रमुख निकट काग्रेसका वडाअध्यक्षहरुले थाह पाएपछि दोस्रो नगरसभाबाट त्यो निर्णय सच्याएर मात्रै काम अघि बढाउने र निर्णय सच्याउन दवाव दिइरहेको पालिकास्रोतले जनाएको छ । कञ्चनरुप नगरपालिकाले असार मसान्तको अन्तिममा काम र भुक्तानी गराउने परिपाटीकै कारण दजनौं उपभोक्ता समिति र ठेकेदारहरुले गत आवमा समयमा भुक्तानी नपाएर दुःख पाएका थिए ।
प्रतिक्रिया