लागुऔषध सहित राजविराजबाट २ जनालाई पक्राउ

  • पुष १२, २0८0
  • 0
...


सुसिन्द्र पासवान
कञ्चनपुर,पुस १२ गते । 
जिल्ला प्रहरी कार्यालय सप्तरी र लागु औषध ब्यूरो शाखा कार्यालय धनुषाबाट  खटिएको संयुक्त टोलिले लागु औषध सहित राजविराजबाट २ जनालाई पक्राउ गरेका छन् ।
 गोप्य सुचनाको आधारमा  संयुक्त टोलीले सप्तरी राजबिराज न.पा.४ स्थित रहेको राहुल गेष्ट हाउसबाट खडक न.पा.१० डङ्ग्राही बस्ने वर्ष २६ को सुनिल मण्डल र राजगढ गा.पा.१ झुट्की बस्ने वर्ष ४२ को रमानन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेका अनुसार पक्राउ परेकाहरुबाट फेनारगन–८४ (पिस), डाईजोपम–८४ (पिस), टेलजेसिक–८४ (पिस) बरामद भएको हो  ।
पक्राउ परेकाहरुले चलाई ल्याएको मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला अदालत सप्तरीबाट दिन ७ को म्याद थप गराई  थप अनुसन्धान कार्य भईरहेको डिएसपी नेउपानेले जनाए । 


 

प्रतिक्रिया