कञ्चनपुर,पुस १२ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भूमण्डलीकरण र प्रविधिको विकाससँगै सामाजिक परिवेश जटील बन्दै गएको बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रहेको रूपनगर नन्दराज संग्रौला क्याम्पसका बिद्यार्थीहरुलाई बिहीबार साइबर अपराध र शेयर बजारबारे अन्तक्रिया कार्यक्रममा प्रजिअ थापाले सो धारणा राखेका हुन् । उनले भने,‘ अहिलेको समयमा हरेक पक्ष सचेत र जिम्मेवार हुनुपर्छ । ’
उक्त कार्यक्रममा विद्यार्थीहरूलाई हौसला दिँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गज्जुसिद्धी बज्राचार्यले युवाहरूले अब राष्ट्र र समाजलाई सही दिशातर्फ डोर्याउनु पर्ने आग्रह गर्दै ‘युवाहरू लागू पदार्थ जस्ता कूलतमा नलागेर असल नागरिक बन्न र अध्ययनमा मिहिनेत गर्नुपर्छ ।’
रूपनगर नन्दराज संग्रौला क्याम्पसको बिद्यार्थीहरुलाई साइबर अपराध र शेयर बजारबारे अन्तक्रिया कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त क्याम्पसलाई अवलोकन समेत गरेका थिए ।
सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी जीएस बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार राय सहितको टोलीले क्याम्पसको अवलोकन पश्चात विद्यार्थी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरूसँग अन्तर्क्रिरया गरेका छ्न । अन्तरक्रियाका क्रममा यो सामुदायिक क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, सिकाइ उपकरण, सामाजिक तथा मनोवैज्ञानिक परिवेश लगायतका विषयमा जिल्लाका उच्च अधिकारीहरूले जिज्ञासा राखेका थिए । क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले क्याम्पसका सवल पक्षका साथै अहिले क्याम्पसले भोग्नु परिराखेका समस्या र अन्य विविध पक्षबारे जानकारी दिएका थिए ।
सो अवसरमा इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक कुमार रायले विद्यार्थीहरूलाई साइबर अपराधका विविध पक्षबारे छोटो अभिमुखीकरण दिएका थिएका थिए । मोबाइल, कम्प्यूटर जस्ता विद्युतीय उपकरण र इण्टरनेट चलाउँदा गर्न हुने र गर्न नहुने विषयहरूका साथै इण्टरनेटमा के–कस्ता काम गर्यो भने सजाय समेत हुनसक्छ भन्नेबारेमा डीएसपी रायले विस्तारमा जानकारी दिएका थिए । डिएसपी रायले अहिलेको विद्युतीय युगमा हामी सधैँ सचेत रहनु पर्ने आवश्यकता औँल्याएका थिए । उपस्थित विद्यार्थी तथा प्राध्यापकहरूसँग सो विषयमा अन्तत्रिलया गरेका थिए ।
अन्तरक्रियाको दोश्रो सत्रमा युएन उमनका परामर्शदाता शिव कुमार रायले शेयर कारोबारबारे प्रस्तुतिकरन गरेका थिए । झण्डै तीन घण्टा चलेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य कञ्चनरूप नगरपालिका वडा नं. १२ का वडाध्यक्ष देवी वहादुर खत्री लगायत समितिका सदस्यहरू सरस्वती निरौला, हेम प्रसाद अधिकारी, प्रमोद कुमार मण्डल र वौद्ध कृष्णलाल कर्णको उपस्थिति रहेको सो कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समेत सहभागिता थियो ।
प्रतिक्रिया