कञ्चनरुपको बदमासीका कारण जेष्ठ नागरिक,एकल महिला र अपाङ्गहरुलाई सास्ती : दोस्रो किस्ता पाउनु पर्नेमा अझै पहिलो किस्ता पाउनै सर्घष

  • पुष १२, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर,पुस १२ गते ।
कञ्चनरुप नगरपालिकाको बदमासीका कारण जेष्ठ नागरिक,एकल महिला र अपाङ्गहरुले दुुःख पाइरहेका छन् ।
कञ्चनरुप नगरपालिकाले समाजिक सुरक्षा भत्ता समयमा नदिनुका साथै बैंकहरुसँग समन्वय नगरेका कारण समाजिक सुरक्षा पाउने जेष्ठ नागरिक,एकल महिला र अपाङ्गहरुले दुुःख पाइरहेका छन् ।
कञ्चनरुप नगरपालिकाले पहिलो त्रैमासिक भत्ता असोजमै दिनुपर्ने हो तर पालिकाका जनप्रतिनिधिहरुको खिचातानीका कारण पुस मासन्तमा पहिलो किस्ताको रकम बैंकमा पठाइएको छ । तर बैंकहरुले पुस मसान्तको कलोजिङ्ग भन्दै नियमित रुपमा भत्ता वितरण नगरेपछि सेवागा्रही थप मार्कामा परेका छन् ।
कञ्चनरुप नगरपालिकामा ५ ओटा कर्मशिय बैंक भएपनि नेपाल बैंक,सिटिजन बैंक र माच्छापुछ«े बैंकले समाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेका छन् । अझ सबभन्दा बढी नेपाल बैंक र सिटजन बैंकले बढी  वितरण गर्दै आइरहेका छन् । 
कञ्चनरुप नगरपालिकाले सबैभन्दा बढी कारोबार कृषि विकास बैंकसँग गरेपनि त्यहाँ कुनै पनि वडाको समाजिक सुरक्षा  भत्ता वितरण हुदैन । अझ भर्खरै खुलेका नविल बैंकमा समेत कुनै पनि वडाको समाजिक सुरक्षा भत्ता वितरण हुदैँन । 
कञ्चनरुपमा भएका बैंकमध्ये केही बैंकमा मात्रै भत्ता वितरणको लोड बढी दिइकोले सेवाग्राहीलाई सास्ती खुप्नु परेको एक बैंकका म्यानेजले बताए । नाम उल्लेख नगर्ने सर्तमा ति म्यानेजरले भने,‘ अर्को पटकबाट हामी पनि भत्ता वितरण गर्दैनौं, या त भएका सबै बैंकलाई भत्ता वितरण गर्ने जिम्मेबारी दिर्नु पर्यो नभए हामी पनि हात्त उठाउँछौं ।’
दोस्रो किस्ता रकम पाउनु पर्नेमा अझै पनि पहिलो किस्ताका लागि बैंकमा एक विहानै लाइन लागेका जेष्ठ नागरिकहरु साँझ समेत पालो नआएर रितो हात्त फर्किन बाध्य भएका छन् ।
कञ्चनरुप नगरपालिका ८ कंचनपुर बेरियर स्थित रहेको सिटिजन्स बैंक र एभरेष्ट बैंकको कञ्चनपुर शाखामा पछिल्लो पटक समाजिक सुरक्षा भत्ता लिन आउने धेरै नै सास्ती भोग्नु परेको बताएका छन् ।
बुधबार समाजिक सुरक्षा भत्ता लिनका लागि आएका जेष्ठ नागरिक  बिहानै देखि भोक भोकै बस्नु परेको सुखी चौधरीको गुनासो रहेको छ । चौधरीले भने,‘मैले बिहानै देखि भोकै बसेको छु,मलाई औषधी लिनु छ । तर मेरो पालो आएको छैन ।’
सिटिजन्स बैंकका अनुसार चार वटा वडाका भत्ता वितरण गर्ने जिम्मेबारी पाएकोमा सार्वजनिक सूचना गरेर प्रत्येक वडालाई २÷२ दिन भत्ता लिन आउन सूचना जारी गरेको र बाँकी रहेकालाई पौष मसान्तपछि वितरण गर्ने बताएका छन् ।
कन्चनरुप नपा १ बैरवा बस्ने राजेन्द्र पंजियारले सिटिजन्स बैंकमा समाजिक सुरक्षा भत्ता लिन जादा सुरक्षा गार्डले अब हुदैन २ दुई महिना पछि आउनु भनी पठाएको गुनासो गरे । पंजियारले भने,‘एक त ३ महिनामा मिल्नु पर्ने समाजिक सुरक्षा भत्ता  ६ महिनामा दिन्छ,त्यो लिन पनि महाभारत गर्नुपरेको छ ।’ 
कञ्चनरुप नगरपालिकाको लापारवाहीका कारण नगरभरीका समिाजिक सुरक्षा भत्ता पाउनेहरुले दुःख पाएको पंजियारले बताए । उनले भने,‘उक्त बैंकमा हामी जस्ता वृद्धहरुलाई सिढीमा चढ्न समेत समस्या हुने गरेको छ ।’ 
कञ्चनरुप नगरपालिकामा पछिल्लो पटक जनप्रतिनिधिहरु जनताप्रति जवाहदेही नभएका कारण जनताहरुको सेवाप्रवाहमा  समस्या झेलन बाध्य भएको जनमतका केन्द्रिय सदस्य शिवनन्दन महतोले बताए । उनले भने,‘ अहिलेका नगर प्रमुख जनतालाई सेवा प्रवाहमा सप्तरी जिल्लामै सबैभन्दा  कमजोर देखिएको छ,सेवाप्रवाह राम्रो गर्न लगाउन अव जनदबावको आवश्कता छ ।’ 
 

प्रतिक्रिया