कञ्चनपुर,पुस १५ गते । जनमत पार्टीले आईतबार कञ्चनरुप नगरपालिका ११मा पुन ः विरेन्द्र मण्डलको नेतृत्वमा वडा कमिटि चयन गरेको छ ।
वडाअधिशवेनबाट समतिको पुरुषतर्फको उपाध्यक्षमा मोहम्द मजबुल,महिलातर्फको उपाध्यक्षमा गुलावदेवी इशर, सचिवमा शुभकरण राउत,सहसचिवमा बबिता चौधरी र कोषाध्यक्षमा सनम ठाकुर चयन भएको छ ।
समितिको सदस्यहरुमा गुलाबदेवी राम,पवन सदा,देवकी चौधरी,देवदत्त साह चयन भएको छ ।
कार्यक्रममा प्रमुख अथिति जनमतका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर १का इन्चार्ज शिवनन्दन महतो
अगामी निर्वाचनमा जनमतको संगठन पाँच गुणा बढाउनेगरी खट्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
वडा कमिटि संयोजक विरेन्द्र मण्डलको अध्यक्षमा सम्पन्न कार्यक्रम जनमतका नगर अध्यक्ष अनिल पंजियार,यूवा जनमत संघका नगर अध्यक्ष हफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सम्झना राणा,हृद्धय माझी,कञ्चनरुप नापका परिवेक्षक नरेश कुमार ईशर लगायतको उपस्थिती रहेको थियो ।
जमनतले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने कार्यक्रम अन्गर्त अहिले देश व्यापी रुपमा दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ अभियान संचालन गरिरहेको छ ।
जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँएको छ । वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ । साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
प्रतिक्रिया