कञ्चनरुप ८ मा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न,वडा संयोजकमा असर्फी शर्मा

  • पुष १५, २0८0
  • 0
...

कञ्चनरुप ८ मा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न,वडा संयोजकमा असर्फी शर्मा

कञ्चनपुर,पुस १५ गते । जनमत पार्टीले शनिबार कञ्चनरुप नगरपालिका ८ को संयोजकमा असर्फी शर्मा  चयन भएको छ ।
वडाअधिशवेनबाट समतिको पुरुषतर्फको उपाध्यक्षमा रामचन्द्र मण्डल,महिलातर्फको उपाध्यक्षमा राधादेवी राउत, सचिवमा दयानन्द पासवान,सहसचिवमा महिन्द्र मण्डल र कोषाध्यक्षमा विजेन्दर खड्गा चयन भएको छ ।

समितिको सदस्यहरुमा रेखादेवी राम,तारादेवी सरदार,जलेश्वरी पासवान,रामदेव वडवरिया र मो इसराइल चयन भएको छ । 
कार्यक्रममा प्रमुख अथिति  जनमतका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर १का इन्चार्ज शिवनन्दन महतो रहेका थिए । 
वडा कमिटि संयोजक देवेन्द्र गुप्ताको अध्यक्षमा सम्पन्न कार्यक्रम  जनमतका नगर अध्यक्ष अनिल पंजियार,यूवा जनमत संघका नगर अध्यक्ष हफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सम्झना राणा,हृद्धय माझी,कञ्चनरुप नापका परिवेक्षक नरेश कुमार ईशर,जगदीश साह लगायतको उपस्थिती रहेको थियो ।
जमनतले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने कार्यक्रम अन्तरगत अहिले देश व्यापी रुपमा दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ अभियान संचालन गरिरहेको छ ।
जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँएको छ । 

वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ । साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
 
 

प्रतिक्रिया