चार बर्ष वित्दाँ पनि १७ हजार ५ सय तलब पाईएन्

  • आश्विन २३, २0७६
  • 0
...

राजकुमार पासमान
कञ्चनपुर,असोज २३ गते ।
सप्तरी को कञ्चनरुप नगरपालिका ८  स्थित एक विद्यालयले निजी स्रोतमा काम गरेकी शिक्षिकाको एक बर्ष दुई महिनाको खटाई चार बर्ष वित्दाँ पनि १७ हजार ५ सय तलब नदिएको पिडित शिक्षिकाले बताईन ।
    पब्लिक निम्न माध्यमिक विद्यालय कञ्चनपुर विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार २०६९ भाद्र ३० गते नि.मा.वि. तहको शिक्षक छनौट गरि प्र.अ. मातहतमा रहि अनिता  कुमारी गुप्तालाई कामकाज गर्नका लागि नियुक्ति दिएको थियो ।
    शिक्षक पदमा निजि स्रोतबाट राखिएकी अनिता कुमारी गुप्तालाई २०७१ मंसिर १ गते देखि २०७२ माघ मसान्त सम्मको पाउनुपर्ने बाँकी तलब १७ हजार ५ सय रुपैया हाल सम्म नपाएको बताईएकी छिन् ।
    शिक्षिका अनिता कुमारी गुप्तालाई दिएको नियुक्ति पत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर मिश्र र प्र.अ. रामकृष्ण सेठ हस्ताक्षर रहेको छ ।
    पिडित शिक्षिका अनिता  कुमारी गुप्ताले भनिन् “तलबका लागि नगरपालिका तथा सम्बधित विद्यालय धाउदाँ सम्म हाल सम्म तलब नपाएको गुनासो पोखिन् ।”     

प्रतिक्रिया