कञ्चनपुर, पुस १६ गते । धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका नेताहरुलाई पक्राउ गरिएकाहरु रिहाईका लागि कञ्चनरुप नगरपालिका ८ बेरियमा चक्काजाम गरि आन्दोलन गरिरहेको छ ।
आन्दोलनका क्रममा जनमतका कार्यकर्ताहरुले प्रदेश २—०२— ००१ झ ०१०२ नम्बरको सरकारी गाडीमा तोडफोड समेत गरेको छ ।
पार्टीका विभिन्न तहका नेताहरुसहित गरेर जम्मा ५३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जनाएको छ ।
जनमतका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर १का इन्चार्ज शिवनन्दन महतो नेतृत्वमा आन्दोलन भइरहेको छ । जनमतका कार्यकर्ताहरुले धोती दिवस जिन्दावाज,पक्राउ गरिएका नेता,कार्यकर्ताहरुलाई रिहा गर्न नारा जुलुस गर्दै चक्काजाम गरेका छन् । आन्दोलनमा जनमतका नगर अध्यक्ष अनिल पंजियार,यूवा जनमत संघका नगर अध्यक्ष हफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सम्झना राणा,हृद्धय माझी,कञ्चनरुप नापका परिवेक्षक नरेश कुमार ईशर,जगदीश साह लगायतको सहभागिता रहेका छन् ।
आन्दोलनको क्रममा काठमाडौंमा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् । प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो । साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् । प्रहरीले पूर्वखानेपानी मन्त्री अब्दुल खानलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया