कञ्चनपुर,पुस १७ गते । जनमत पार्टीले मंगलबार कञ्चनरुप नगरपालिका ६मा सुरेश दासको अध्यक्षतमा ११ सदस्य वडा कमिटि गठन गरेको छ । दोस्रो वडाअधिशवेनबाट वडा समतिको पुरुषतर्फको उपाध्यक्षमा मोहम्द ताहिर,महिलातर्फको उपाध्यक्षमा रुवी चौधरी, सचिवमा मोहम्द गुलाब ,सहसचिवमा फिदा हुसैन र कोषाध्यक्षमा मोहम्द सदाम चयन भएको छ । समितिको सदस्यहरुमा चन्देश्वरी सरदार,पूmलकुमारी चौधरी,कुशुमलाल चौधरी,भुरण राम र जवाहर गुप्ता चयन भएको छ । कार्यक्रममा प्रमुख अथिति जनमतका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर १का इन्चार्ज शिवनन्दन महतो अगामी निर्वाचनमा जनमतको संगठन पाँच गुणा बढाउनेगरी खट्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । वडा कमिटि संयोजक हिर महमदको अध्यक्षमा सम्पन्न कार्यक्रम जनमतका नगर अध्यक्ष अनिल पंजियार,यूवा जनमत संघका नगर अध्यक्ष हफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सम्झना राणा,उमेश दास,सिताराम चौधरी,हृद्धय माझी,विरेन्द्र दास तत्मा,विरेन्द्र मण्डल,विशेश्वर खंग, धिराज यादब,जगरनाथ मण्डल, इन्द्रदेव कडौगिया लगायत र कञ्चनरुप नापका परिवेक्षक नरेश कुमार ईशर लगायतको उपस्थिती रहेको थियो । जनमतले अहिलेसम्म कञ्चनरुपमा ३ ओटा वडाको अधिवेशन सम्पन्न गरेको छ । जमनतले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने कार्यक्रम अन्गर्त अहिले देश व्यापी रुपमा दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ अभियान संचालन गरिरहेको छ । जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँएको छ । वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ । साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
प्रतिक्रिया