कञ्चनपुर,पुस २३ गते । कञ्चनपुर नगर अस्पतालले थाइराइड जाँचका गर्न दिएको पाँच दिनपछि अस्पातलले जाँच गर्ने केमिकल नभएको भन्दै बिरामीलाई फर्काएको छ ।
कञ्चनरुप नगरपालिका ८की नन्दनी झाले गत १९ गते अस्पतालमा थाइरायडको लक्ष्ण देखिएपछि जाँचका लागि गएका थिए । अस्पतालका प्रमुख डाक्टर संजय गुप्ताले जाँचका लागि सिफारिस गरेपछि ९ सय रुपैया बिल काटेर जाँचका लागि रगत दिएका थिए । तर आईतबार बिल सहित रिर्पोट लिन जादा अस्पतालले थाइरायड जाँच गर्ने केमिकल सकेको भन्दै जाँच नहुने जानकारी दिएको नन्दनी झाकी पति पंकज झाले बताए । उनले भने,‘ मेरे पत्नीको शरिर सुनिएपछि म पत्नीलाई लिएर जाँचका लागि गएका थिए,डाक्टरले बिरामी हेरेर जाँचका लागि सिफारिस गरे,बिल काटेर काउण्टरमा ब्लड दिए तर पाँचदिनपछि जाँच हुदैन भन्छन् ।’ झाले अस्पतालले बिरामीसँग लापारवाही गरेको बताउँदै जाँच नहुने भए बिल काटेर रगतको स्याम्पल किन नलिनुपर्ने बताए ।
अस्पतालले एक हप्तापछि पैसा फिर्ता गर्ने कुरा गरीरहेको छ । जाँच नहुनेभएपछि किन बिल काट्यो । अस्पतालमा यो भन्दा लापारवाही के हुन्छ ? झाले पनि घटनामा संलग्नलाई कार्यवाही हुनुपर्छ ।
कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफनो मामाको छोरा डाक्टर संजयलाई नियमबिपरीत अस्पतालको प्रमुख बनाएको छ भने संविधानको विपरीत महिलाको सहभागिता विना नै नगरसभाबाट नगर अस्पताल सम्बन्धि समिति गठन गर्ने कार्यविधि पारित गरेको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्यम नगरप्रमुख ललन प्रसाद गुप्ता छन् भने अस्पताल प्रमुख भाई डाक्टर संजय गुप्तालाई बनाएको छ । अस्पतालमा सेवालिन जाने सेवाग्राहीलाई उपचारका क्रममा चरम लापारवाही बेर्हनु परेको पछिल्लो पटक पीडित भएका झाले बताए ।
प्रतिक्रिया