जनकपुर,पुस २३ गते ।
समाजवादी दलित मुक्ति संगठनको मधेश प्रदेश समितिको जनकपुरमा भएको पुनर्गठन भेलाबाटरामो महराको नेतृत्वमा सर्वसम्मत रुपमा ५१ सदस्य प्रदेश समिति गठन भएकोछ ।
जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी दलित मुक्ति संगठनको मधेश प्रदेश समितिको जनकपुरमा शनिबार भएको पुनर्गठन भेलाबाट रामो महराको नेतृत्वमा सर्वसम्मत रुपमा ५१ सदस्य प्रदेश समिति गठन भएको हो । समाजवादी दलित मुक्ति संगठनको मधेश प्रदेश समितिको सदस्यमा ९ नौ सदस्य पदाधिकारी चयन भएका छन् ।
समितिको पदाधिकारीहरुमा उपाध्यक्षमा ३ जना शिवदर्शन पासवान (सप्तरी), बैदेही पासवान(महोतरी),अनुप माझी मुसहर( रौतहट) चयन भएको छ । समितिको मुख्य सचिवमा सोभित कुमार पासवान (सिरहा), सचिवमा सिकिन्दर दास (बारा) र श्रीराम पासवान(पर्सा),सञ्जय दास( सर्लाही) चयन भएको समाजवादी दलित मुक्ति संगठन केन्द्रीय इन्चार्ज चन्देश्वर पासवानले जनाएको छ । केन्द्रीय इन्चार्ज पासवानका अनुसार समितिको कोषाध्यक्षमा पुनम पासवान(महोतरी) चयन भएको छ । समाजवादी दलित मुक्ति सङ्गठन, मधेश प्रदेशको भेलामा ८ वटै जिल्लाबाट प्रतिनिधिमुलक सहभागिताको रहेका थिए ।
त्यसैगरी समाजवादी मुक्ति संगठनको अध्यक्षमा चमेली देवी दास चयन भएकी छिन् । समाजवादी दलित मुक्ति संगठनको जनकपुरमा भएको पुनर्गठन भेलाबाट सर्वसम्मति केन्द्रिय अध्यक्षमा चमेलि देवी दासको नेतृत्वमा ९९ सदस्यीय केन्द्रिय कार्य समिति गठन गरेर सम्पन्न भएको छ ।
जसमा निम्न बमोजिमको १५ सदस्य पदाधिकारी चयन भएको समाजवादी दलित मुक्ति संगठनका केन्द्रिय कार्य समिति अध्यक्ष चमेली देवी दास, धनुषा, उपाध्यक्षहरु चन्देश्वर सदा, सुनिता देवी मोची, मधेस प्रदेश, रमेश सिके नेपाली, गण्डकी प्रदेश, सावित्री विश्वकर्मा, लुम्बिनी प्रदेश, भीम विश्वकर्मा, १ नं. प्रदेश, नरभान पार्की, सुदुरपश्चिम प्रदेश चयन भएका छन् । संगठनको मुख्यसचिवमा प्रदीप घतान (बाग्मती प्रदेश), सचिवहरु देवनाथ पासवान(सिरहा) वालकुमार मुदेल(सुनसरी), रामप्रित महरा(सिरहा), राजेश दास(महोतरी), किरण देवी दास( महोतरी) र कोषाध्यक्ष कृष्णकुमारी तामाङ दास पदाधिकारीम ाचयन भएको हो ।
प्रतिक्रिया