किर्ते कागजात बनाउने अग्नीसाईर कृष्णासवरण गाउँपालिका दुई जना कर्मचारी जेल चलान

  • पुष २२, २0८0
  • 0
...


कञ्चनपुर,पुस २३ गते । किर्ते कागजात बनाउने अग्नीसाईर कृष्णासवरण गाउँपालिका दुई जना कर्मचारीलाई जेल चलान गरिएको छ ।
 सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ४मा किर्ते कागजात बनाएका आरोपमा सप्तरी जिल्ला अदालत राजविराजले आईतबार दुई जनालाई जेल चलान गरेका हुन् ।
 किर्ते कागजात पेश गरि झुठो विवरण पेश गरि जन्म दर्ता बनाएको आरोपमा वडा कार्यालयका तत्कालिन वडा सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देवकान्त चौधरीलाई पुर्पक्षमा राखि अनुसन्धान गर्न जिल्ला अदालत सप्तरीले फैसला सुनाएका थिए । वडा नम्बर ४ परसवनी निवासी ललित ईसरको छोरी वविता ईसरको जन्म दर्ता झुठो विवरण र किर्ते अभिलेख खडा गरि अर्को जन्मदर्ता बनाएको आरोपमा अदालतले दोषी ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डुण्डीराज नेउपानेले जानकारी दिएका छन् ।
 जन्मदर्ता बनाउन झुठो विवरण र किर्ते अभिलेख बनाएको आरोप लगाउदैँ वविताका वुवा ललितले वडा कार्यालयका तत्कालिन सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी,कम्प्युटर अपरेटर सुनिता चौधरी निवेदन दिने नारायण राम, शिवु राम,अशोक राम र मनोज राम माथि मुद्दा गरेका थिए । निवेदक ललितका छोरी ववितालाई मनोजले जवरजस्ती भगाएको आरोप लगाएका थिए । तर वविताले राजीखुशीले अदालतमा कोर्ट म्यारिज गरेको बताएका थिए ।
 

प्रतिक्रिया