कञ्चनरुपका मेयरद्धारा प्रमुख प्रशासकीय अधिकृत घिमिरेमाथी हातपात,कोठामा हातपात गरेर मेयर कार्यकक्षबाट बाहिरिए

  • पुष २३, २0८0
  • 0
...

कञ्चनपुर पुस २३ गते ।  कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरषोतम घिमिरेमाथी सोमबार नगर प्रमुख ललन प्रसाद गुप्ताले हातपात गरेको छ ।
घिमिरे सरुवा भएर कञ्चनरुप नगरपालिकामा आएदेखि नै ऐन कानूनले गर्न नमिल्ने आर्थिक कारोबार लगायतका काम गर्न मेयर गुप्ताले दवाव दिँदै आएका कारण नगरपालिकामा विवाद रहँदै आएको त्यहाँ कार्यरत कर्मचारीले जानकारी दिएका छन् ।
गर्न नहुने काम पनि गर्न दवाव दिने गरेका कारण घिमिरेले त्यसमा असहमति जनाएका कारण दुबैका वीच खटपट रहँदै आएको ती कर्मचारीको कथन छ ।
केही महिनापछि अवकाश हुने समय नजिक रहेका कारण नियम कानूनले नमिल्ने गरेका काम गर्नमा तत्परता नदेखाएपछि सोमबार गुप्ताले आफ्नै कार्यकक्षमा घिमिरेलाई बोलाएका थिए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यालय जानसाथ नगरप्रमुख गुप्ताले कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृति घिमिरेका अनुसार गुप्ताले एक महिना अघि पनि कार्यकक्षमा बोलाएर धम्की दिएको बताए । केही समय पहिला मेयर गुप्ताले मलाई कार्यकक्षमा बोलाएर ‘कञ्चनरुपमा जनतान्त्रिक,भाइरस किर्लस र कति गुण्डाहरुलाई तह लगाएको छु , कि त मैलै भनेको सबै काम गर नभए सरुवा लिएर जा नभएको दुई मिजेटमा ठिक पार्छु ’ भन्दै धम्काएका थिए । प्रमुख प्रशसकीय अधिकृत घिमिरेले भने, आज कार्यालय जान वितिकै कार्यकक्षमा बोलाएर पुन ः गाली ग्लोज र धम्की दिएपछि म कोठाबाट निस्किन खोज्दा कोठाको चुकुल लगाएर हातपातमै उत्रे ।’
प्रमुख प्रशसकीय अधिकृत घिमिरेलाई हातपात गरेपछि १२ ओटै वडा र नगरपालिका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाको फिल्डमा कर्मचारीहरु बसेका छन् । इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक कुमार रायको नेतृत्वमा दर्जर्नौका संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 
कञ्चनरप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले यसअघि पालिकाका कार्यालय सहयोगी लक्ष्मण मण्डललाई हातपात गरीसकेका छन् । त्यसैगरी स्वास्थ्य शाखाका सह संयोजक डम्बर प्रसाद गुप्तालाई नगरपालिकाहाता भित्रै सार्वजनिक स्थलमा गाली गरेको थियो । 
आईतबार मात्रै न्यूज टुडे दैनिकका सम्बाददातालाई हेरेपछि पालिकाको कमपाउण्डमा नाम न तोकेर जथाभावी गाली ग्लोज गरेको थियो । उक्त कुरा पत्रकार साहले समाजिक संजालमा हालेपछि नगरप्रमुखको व्यापक आलोचना भइरहेकै समयमा पुन ः प्रमुख प्रशसाकीय अधिकृत घिमिरेलाई हातपात गरेको घटना बाहिरिएको छ ।  घटना लगत्तै नगरप्रमुख गुप्ता पालिकाबाट बाहिर निकली सकेको छ । हाल पालिकाको सम्पुर्ण कामकाज थप भएको छ ।
घिमिरे सरुवा भएर कञ्चनरुप नगरपालिकामा आएदेखि नै ऐन कानूनले गर्न नमिल्ने आर्थिक कारोबार लगायतका काम गर्न मेयर गुप्ताले दवाव दिँदै आएका कारण नगरपालिकामा विवाद रहँदै आएको त्यहाँ कार्यरत कर्मचारीले जानकारी दिएका छन् ।
गर्न नहुने काम पनि गर्न दवाव दिने गरेका कारण घिमिरेले त्यसमा असहमति जनाएका कारण दुबैका वीच खटपट रहँदै आएको ती कर्मचारीको कथन छ ।
केही महिनापछि अवकाश हुने समय नजिक रहेका कारण नियम कानूनले नमिल्ने गरेका काम गर्नमा तत्परता नदेखाएपछि सोमबार गुप्ताले आफ्नै कार्यकक्षमा घिमिरेलाई बोलाएका थिए ।

मेयर गुप्ताले भने घिमिरेमाथि हातपात गरेको कुरा अस्वीकार गरेका छन् । पालिको पेण्डिंगमा रहेका कतिपय काम चाँडै सकाउनकालागि घिमिरेलाई ध्यानाकर्षण स्वरुप कार्यकक्षमा बोलाएर भने पनि हातपात चाहिँ नगरेको उनको भनाई छ । 
 

प्रतिक्रिया