किशोर पासवान
कञ्चनपुर ,२३ पुस । कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरषोतम घिमिरे माथी नगर प्रमुख ललन प्रसाद गुप्ताले हातपात गरेपछि नगरपालिका कर्मचारीहरुले आन्दोलन घोषणा गरेको छ ।
कञ्चनरुप नगरपालिकाका कर्मचारीहरुले अति आवश्यक बाहेक सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ । कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको , ‘प्रमुख प्रशसाकीय अधिकृत घिमिरेलाई नगरप्रमुख गुप्ताले नगर उपप्रमुखको कार्यकक्षमा बोलाई ढोका थुनी सहयोगीलाई गेटमा राखी अभद्र गाली गलौ.च र हातपात समेत गरेकोले नगरप्रमुख जस्तो मानिसले आमानवीय ,अभद्र र क्रुरतापूर्ण व्यवहार गरेको हुदाँ हामी सम्मपूर्ण कर्मचारीहरु उक्त कार्यको घोर भत्र्सना गर्दै खेद व्यक्त गर्दछौं । ’
यस्ता अमानवीय घटनामा संलग्न नगरप्रमुख ललन प्रसाद गुप्तालाई कानुन बमोजिम कार्यवाहीको जोड्दार माँग गर्दै न्याय नापएसम्म कार्यालयको(अति आवश्यक) वाहेकका सम्मपूर्ण कामकाज ठप्प गर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । विज्ञप्तिमा भनिएको छ, ‘ यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति हामी सम्मपूर्ण कर्मचारीहरु क्षमा याचना गर्दछौं ।’ विज्ञिप्तमा नगरपालिका कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालय जानसाथ नगरप्रमुख गुप्ताले उपप्रमुखको कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृति घिमिरेका अनुसार गुप्ताले एक महिना अघि पनि कार्यकक्षमा बोलाएर धम्की दिएको बताए । केही समय पहिला मेयर गुप्ताले मलाई कार्यकक्षमा बोलाएर ‘कञ्चनरुपमा जनतान्त्रिक,भाइरस किर्लस र कति गुण्डाहरुलाई तह लगाएको छु , कि त मैलै भनेको सबै काम गर नभए सरुवा लिएर जा नभएको दुई मिजेटमा ठिक पार्छु ’ भन्दै धम्काएका थिए । प्रमुख प्रशसकीय अधिकृत घिमिरेले भने, आज कार्यालय जान वितिकै उपप्रमुखको कार्यकक्षमा बोलाएर पुन ः गाली ग्लोज र धम्की दिएपछि म कोठाबाट निस्किन खोज्दा कोठाको चुकुल लगाएर हातपातमै उत्रे ।’
प्रमुख प्रशसकीय अधिकृत घिमिरेलाई हातपात गरेपछि १२ ओटै वडा र नगरपालिका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाको फिल्डमा कर्मचारीहरु बसेका छन् । इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक कुमार रायको नेतृत्वमा दर्जर्नौका संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कञ्चनरप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले यसअघि पालिकाका कार्यालय सहयोगी लक्ष्मण मण्डललाई हातपात गरीसकेका छन् । त्यसैगरी स्वास्थ्य शाखाका एक जना कर्मचारीलाई नगरपालिकाहाता भित्रै सार्वजनिक स्थलमा गाली गरेको थियो ।
आईतबार मात्रै न्यूज टुडे दैनिकका सम्बाददातालाई हेरेपछि पालिकाको कमपाउण्डमा नाम न तोकेर जथाभावी गाली ग्लोज गरेको थियो । उक्त कुरा पत्रकार साहले समाजिक संजालमा हालेपछि नगरप्रमुखको व्यापक आलोचना भइरहेकै समयमा पुन ः प्रमुख प्रशसाकीय अधिकृत घिमिरेलाई हातपात गरेको घटना बाहिरिएको छ ।
घिमिरे सरुवा भएर कञ्चनरुप नगरपालिकामा आएदेखि नै ऐन कानूनले गर्न नमिल्ने आर्थिक कारोबार लगायतका काम गर्न नगरप्रमुख गुप्ताले दवाव दिँदै आएका कारण नगरपालिकामा विवाद रहँदै आएको त्यहाँ कार्यरत कर्मचारीले जानकारी दिएका छन् ।
गर्न नहुने काम पनि गर्न दवाव दिने गरेका कारण घिमिरेले त्यसमा असहमति जनाएका कारण दुबैका वीच खटपट रहँदै आएको ती कर्मचारीको कथन छ । नगरप्रमुख गुप्ताले प्रमुख प्रशसाकीय अधिकृत घिमिरेको २÷२ पटक सरुवा गराएपनि सरुवा थमौटी भएपछि झन आक्रोशित भएका छन् ।
केही महिनापछि अवकाश हुने समय नजिक रहेका कारण नियम कानूनले नमिल्ने गरेका काम गर्नमा तत्परता नदेखाएपछि सोमबार गुप्ताले आफ्नै कार्यकक्षमा घिमिरेलाई बोलाएका थिए ।
मेयर गुप्ताले भने घिमिरेमाथि हातपात गरेको कुरा अस्वीकार गरेका छन् । पालिको पेण्डिङ्गमा रहेका कतिपय काम चाँडै सकाउनकालागि घिमिरेलाई ध्यानाकर्षण स्वरुप कार्यकक्षमा बोलाएर काम गर्न भनेपनि हातपात चाहिँ नगरेको उनको भनाई छ ।
प्रतिक्रिया