किशोर पासवान
कञ्चनपुर ,पुस २४ गते । कञ्चनरुप नगरपालिकामा भएको विवाद जिल्ला प्रशासन कार्यालयमा छलफल हुदा नगरप्रमुखले गल्ती भएको सस्वीकार गर्दै आइन्दा पुन ः गल्ती नगर्ने प्रतिबद्धा जनाएपछि तीन बुन्दे सहमति भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरे माथी नगर प्रमुख ललन प्रसाद गुप्ताले हातपात गरेको घटना मंगलबार जिल्ला प्रशासन कार्यालयमा ३ बुदेँ सहमतिपछि मिलेको छ ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले नगरप्रमुख ललन प्रसाद गुप्ताले माफी मागेपछि तीन बुदेँ सहमति भएको बताइन् । सहमति भएको लगत्तै नगरप्रमुख ललन प्रसाद गुप्ताको छोरा अकाश गुप्ता,नगरप्रमुखसँगै बस्ने कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगी बैजु साह,भाई दिनेश गुप्ता,नगरप्रमुख निकट ठेकेदार कमलेश कापैर लगायतकाहरुले प्रमुख जिल्ला अधिकारी समक्ष प्रमुख प्रशासकीय अधिकृतले नै माफी मागेको समाजिक संजालमा स्टाटस हालेको छ । अवलोकित दैनिकले उपप्रमुख पोखरेलाई माफी प्रमुख प्रशासकीय अधिकृतले मागेको हो कि नगरप्रमुख कस्ले मागेको हो ? भन्ने प्रश्नको जवाफ दिदैँ भनिन,‘ प्रमुख प्रशासकीय अधिकृतले किन माफी माग्ने ? माफी त नगर प्रमुखजी माग्नु भएको हो । प्रमुख प्रशासकीय अधिकृतले अभ्रद व्यवहार गरेको मुद्दा लेखाएर कार्यवाहीको लागि जानु भएको थियो । नगरप्रमुखले माफी मागेपछि सहमतिको वातावरण बनेको हो ।’
नगरप्रमुख ललन प्रसाद गुप्ताले बिगतमा आपूmलाई समेत ‘बर्खास्त’ गर्छु भनेर बैठकमै पदीय मर्यादा बिर्सेर पटक पटक दुरव्यवहार गरेको उक्त बैठकमा आफना कुरा राखेका थिए । बैठकमा प्रजिअ थापा र एसपी बज्राचार्यले नगरप्रमुख गुप्तालाई आपूmलाई बोल्न आउँदैन भन्दैमा अरुलाई दुरव्यहार गर्न नहुने बताएका थिए ।
तीन बुदेँ सहमतिमा के छ ?
तीन बुदेँ सहमतिमा भनिएको छ, कञ्चनरुप नगरपलिकामा पुस २३ गते भएको घटना उपर छलफल हुदा आ आफनो तवरबाट भएका कमी कमजोरी र गल्ती महशुसगरी एक अर्काबीच मर्यादित व्यवहार गरी नगरपालिका भित्र सौहार्दपूर्ण कार्य वातावरण र सुरक्षाको प्रत्याभूति दिन निर्णय गर्ने,कञ्चनरुप नगरपालिकाका महत्वपूर्ण निर्णयहरु गर्दा नगर प्रमुख ,उपप्रमुख र प्रमुख प्रशसकीय अधिकृतबीच समन्वय र सहकार्य गरेर गर्ने र आ आफनो पदिय मर्यादामा रही काम कायरवाही सूचारु गर्ने र व्यक्तिगत कमी कमजोरी बोली,भाषा,व्यवहार सुधार गर्दै जाने निर्णय भएको छ ।
बैठकमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गज्जुसिद्धि बज्रचार्य,इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपककुमार राय,कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता,उपप्रमुख मुनाकुमारी पोखरेल र प्रमुख प्रशसकीय अधिकृत घिमिरे लगायतको सहभागिता थियो । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाको संयोजनमा भएको बैठकमा उक्त सहमति भएको हो ।
यो घट्नापछि नगरपालिका र वडा कार्यालयका कर्मचारीहरु सम्पूर्ण काम कारवाही रोकेर आन्दोलनमा उत्रिएका थिए। आजको सहमतिपछि वुधबारबाट सेवा सूचारु हुने कार्यालयका कर्मचारी नबराज खड्काले बताए। बुधबार कार्यपालिकाको वैठक वस्ने जानकारी दिएका उनले त्यसपछि मेयरको ब्यवहारका आधारमा आफुहरु अगाडिको कदम चाल्ने वताएका छन्। प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई उपप्रमुखको कार्यकक्षमा नगर प्रमुख गुप्ताले गाली ग्लोज गर्दै हातपात गरेको आरोप लागेको थियो । नगरप्रमुख गुप्ताले भने आपूmले हातपात नगरेको दावी गर्दै आएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि कञ्चनरुप नगरपालिकाका कर्मचारीहरुले अति आवश्यक बाहेक सबै कामकाज बन्द गर्ने निर्णय गरेको थियो । कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको थियो , ‘प्रमुख प्रशसाकीय अधिकृत घिमिरेलाई नगरप्रमुख गुप्ताले नगर उपप्रमुखको कार्यकक्षमा बोलाई ढोका थुनी सहयोगीलाई गेटमा राखी अभद्र गाली गलौ.च र हातपात समेत गरेकोले नगरप्रमुख जस्तो मानिसले आमानवीय ,अभद्र र क्रुरतापूर्ण व्यवहार गरेको हुदाँ हामी सम्मपूर्ण कर्मचारीहरु उक्त कार्यको घोर भत्र्सना गर्दै खेद व्यक्त गर्दछौं । ’
यस्ता अमानवीय घटनामा संलग्न नगरप्रमुख ललन प्रसाद गुप्तालाई कानुन बमोजिम कार्यवाहीको जोड्दार माँग गर्दै न्याय नापएसम्म कार्यालयको(अति आवश्यक) वाहेकका सम्मपूर्ण कामकाज ठप्प गर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । विज्ञप्तिमा भनिएको छ, ‘ यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति हामी सम्मपूर्ण कर्मचारीहरु क्षमा याचना गर्दछौं ।’ विज्ञिप्तमा नगरपालिका कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालय जानसाथ नगरप्रमुख गुप्ताले उपप्रमुखको कार्यकक्षमा बोलाएर हातपात गरेका बताएका थिए । प्रमुख प्रशासकीय अधिकृति घिमिरेका अनुसार गुप्ताले एक महिना अघि पनि कार्यकक्षमा बोलाएर धम्की दिएको बताए । केही समय पहिला मेयर गुप्ताले मलाई कार्यकक्षमा बोलाएर ‘कञ्चनरुपमा जनतान्त्रिक,भाइरस किर्लस र कति गुण्डाहरुलाई तह लगाएको छु , कि त मैलै भनेको सबै काम गर नभए सरुवा लिएर जा नभएको दुई मिजेटमा ठिक पार्छु ’ भन्दै धम्काएका थिए । प्रमुख प्रशसकीय अधिकृत घिमिरेले भने, आज कार्यालय जान वितिकै उपप्रमुखको कार्यकक्षमा बोलाएर पुन ः गाली ग्लोज र धम्की दिएपछि म कोठाबाट निस्किन खोज्दा कोठाको चुकुल लगाएर हातपातमै उत्रे ।’
प्रमुख प्रशसकीय अधिकृत घिमिरेलाई हातपात गरेपछि १२ ओटै वडा र नगरपालिका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाको फिल्डमा कर्मचारीहरु बसेका छन् । इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक कुमार रायको नेतृत्वमा दर्जर्नौका संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कञ्चनरप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले यसअघि पालिकाका कार्यालय सहयोगी लक्ष्मण मण्डललाई हातपात गरीसकेका छन् । त्यसैगरी स्वास्थ्य शाखाका एक जना कर्मचारीलाई नगरपालिकाहाता भित्रै सार्वजनिक स्थलमा गाली गरेको थियो ।
आईतबार मात्रै न्यूज टुडे दैनिकका सम्बाददातालाई हेरेपछि पालिकाको कमपाउण्डमा नाम न तोकेर जथाभावी गाली ग्लोज गरेको थियो । उक्त कुरा पत्रकार साहले समाजिक संजालमा हालेपछि नगरप्रमुखको व्यापक आलोचना भइरहेकै समयमा पुन ः प्रमुख प्रशसाकीय अधिकृत घिमिरेलाई हातपात गरेको घटना बाहिरिएको छ ।
घिमिरे सरुवा भएर कञ्चनरुप नगरपालिकामा आएदेखि नै ऐन कानूनले गर्न नमिल्ने आर्थिक कारोबार लगायतका काम गर्न नगरप्रमुख गुप्ताले दवाव दिँदै आएका कारण नगरपालिकामा विवाद रहँदै आएको त्यहाँ कार्यरत कर्मचारीले जानकारी दिएका छन् ।
गर्न नहुने काम पनि गर्न दवाव दिने गरेका कारण घिमिरेले त्यसमा असहमति जनाएका कारण दुबैका वीच खटपट रहँदै आएको ती कर्मचारीको कथन छ । नगरप्रमुख गुप्ताले प्रमुख प्रशसाकीय अधिकृत घिमिरेको २÷२ पटक सरुवा गराएपनि सरुवा थमौटी भएपछि झन आक्रोशित भएका छन् ।
केही महिनापछि अवकाश हुने समय नजिक रहेका कारण नियम कानूनले नमिल्ने गरेका काम गर्नमा तत्परता नदेखाएपछि सोमबार गुप्ताले आफ्नै कार्यकक्षमा घिमिरेलाई बोलाएका थिए ।
प्रतिक्रिया