सिताराम चौधरीको अध्यक्षतामा कञ्चनरुप ७ मा जनमतको वडा कमिटि गठन

  • पुष २६, २0८0
  • 0
...


कञ्चनपुर,पुस २६ गते । जनमत पार्टीले बिहीबार कञ्चनरुप नगरपालिका ७मा सिताराम चौधरीको अध्यक्षतामा  ११ सदस्य वडा कमिटि गठन गरेको छ ।
दोस्रो वडाअधिशवेनबाट वडा समतिको पुरुषतर्फको उपाध्यक्षमा रमानन्द राम,महिलातर्फको उपाध्यक्षमा भूली सदा, सचिवमा बिमल साह,सहसचिवमा हरिहर चौधरी र कोषाध्यक्षमा रामकुमारी चौधरी चयन भएको छ ।
समितिको सदस्यहरुमा पुरन चौधरी,पुनितादेवी राम,मिना विश्वकर्मा,देवकी राम र संगिता महतो  चयन भएको छ । 
कार्यक्रममा प्रमुख अथिति  जनमतका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर १का इन्चार्ज शिवनन्दन महतो
अगामी निर्वाचनमा जनमतको संगठन पाँच गुणा बढाउनेगरी खट्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
वडा कमिटि संयोजक सिताराम चौधरीको अध्यक्षमा सम्पन्न कार्यक्रम  जनमतका नगर अध्यक्ष अनिल पंजियार,यूवा जनमत संघका नगर अध्यक्ष हफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सम्झना राणा,उमेश दास,सिताराम चौधरी,हृद्धय माझी,विरेन्द्र दास तत्मा,विरेन्द्र मण्डल,विशेश्वर खंग, धिराज यादब,जगरनाथ मण्डल, इन्द्रदेव कडौगिया लगायत  र कञ्चनरुप नापका परिवेक्षक नरेश कुमार ईशर लगायतको उपस्थिती रहेको थियो । 
जमनतले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने कार्यक्रम अन्गर्त अहिले देश व्यापी रुपमा दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ अभियान संचालन गरिरहेको छ ।
जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँएको छ ।  वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ । साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
 

प्रतिक्रिया