कञ्चनरुपमा २४ कुण्डीय गायत्री महायक्ष प्रज्ञापुराण कथा योग शिविर एवं संस्कार महोत्सव सुरु

  • पुष २७, २0८0
  • 0
...


सुसिन्द्र पासवान
कञ्चनपुर,पुस २६ गते । कञ्चनरुप नगरपालिका ८ मा बिहीबारदेखी २४ कुण्डीय गायत्री महायक्ष प्रज्ञापुराण कथा योग शिविर एवं संस्कार महोत्सव सुरु भएको छ । कञ्चनरुप ८ मगर टोल नजिक बिहीबार एक भव्य कार्यक्रमपश्चात महोत्सव सुरुवात भएको हो । 
विहान  कलश पूजन कञ्चनरुप नगरपालिकाकी उपमेयर मुनाकुमारी पोखरेलबाट र दिप पूजन मेयर ललन प्रसाद गुप्ताबाट,गुरु पूजन कञ्चनरुप ८का वडाअध्यक्ष कृष्णा प्रसाद साहबाट,माता भगती पूजन शसी साह र अचर्नना साहले संयुक्त रुपमाबाट,गायत्री पूजन भिम बहादुर बुढाथोकी,गौरी पूजन भोलाथापा मगर ,गणेश पूजन काग्रेसका यूवा नेता  तथा समितिका उपाध्यक्ष रति सुमन (बिट्टु) गुप्तााबाट  गरिएको थियो । मेयर गुप्ता र स्थानीयहरुले सामुहिक रुपमा राष्ट्रिय झण्डाको ध्वजारोहण र बजंरबलीको ध्वजारोहण उपमेयर पोखरेल लगायत उपस्थित सामुहिक रुपमा गरिएको थियो । शोभा कलश यात्रामा ५ सय जना सहभागिता रहेको थियो । २४ कुण्डीय गायत्री महायक्ष प्रज्ञापुराण कथा वाचन पण्डित सरोज पाण्डेयको नेतृत्वमा चार जनाको टोली रहेको छ ।
समाजको वर्तमान सम्पुर्ण समस्याहरु मानवको दुषित विचार र भ्रष्ट चरित्र चिन्तन हो । मानव आफ्नो मुल्य र गरिमा बिर्सेर आर्दश विहिन अनैतिक उच्छृंकल हु“दै गएको देखिन्छ । सामाजिक संरचना पतनको संघारमा पुगेको छ । यस घोर अन्धकारमय, त्रासपुर्ण निराशावस्थाको निवारण एवं सम्पुर्ण समस्याहरुको एकमुष्ट समाधान धर्मतन्त्रका केन्द्र देवात्मा हिमालयका, धर्म सा“सद ऋषि सत्ताका विचार क्रान्ति र अध्यात्मको वैज्ञानिक प्रयोगवाट मात्र सम्भव छ ।
 वातावरणमा संव्याप्त सम्पुर्ण वैचारिक प्रदुशणलाई शुद्धिकरणका लागी अध्यात्म उर्जाका केन्द्र मिथिला क्षेत्रको याज्ञवल्क्य, गार्गी मैत्रेयी राजर्षी जनक, जगत जन्नी मा“ जानकी जस्ता मनिषिहरुको तपस्थली मधेश प्रदेश सप्तरी जिल्लाको कञ्चनरुप न.पा.– ८ कञ्चनपुर (सप्तरी) मा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ पावन प्रज्ञापुराण कथा एवं योग शिविरको भव्य आयोजना गरिएको आयोजक समितिका सचिव शशी साहले बताए । सचिव साहले २०८० पौष २६,२७,२८ र २९ गतेसम्म संचालन हुने यस कार्यक्रममा स–परिवार सहभागीहुनु भई पुण्यलाभका लागी हार्दिक अनुरोध गरेका छन् ।
आयोजक समितिमा  सन्तोष श्रेष्ठ (अध्यक्ष), रति सुमन (बिट्टु) गुप्ता (उपाध्याक्ष), शशि कुमार साह (सचिव),श्रीमती सविता ताम्रकार (कोषाध्यक्ष) र  मन्नु पासमान (सदस्य),श्रीमती रिता बुढाथोकी (सदस्य),श्रीमती मन्दिरा श्रेष्ठ (सदस्य),श्रीमती मंजु सरवरिया (सदस्य),आसिस झा (सदस्य)   एवं  बच्चु सरवरिया (सदस्य) रहेका छन् । समितिको सल्लाहकारमा  भोला थापा (सदस्य) सल्लाहकारहरुः कञ्चनरुपकी उपप्रमुख मुना पोखरेल, वडाअध्यक्ष कृष्ण प्रसाद साह,चन्दन गुप्ता, उपेन्द्र पाण्डेय,श्रीमती तारा थापा मगर,प्रमेश्वर साह र  मुनी झा लगायतका रहेका छन् ।

प्रतिक्रिया