किशोर पासवान
कञ्चनपुर,पुस २७ गते ।
कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले पालिकाभित्र रहेका झोले सहकारीलाई नगरपालिकाले नजिकबाट नियाली रहेको बताएका छन् ।
शुक्रबार सप्तरीको कन्चनरुप नगरपालिका ८ कंचनपुर स्थित अन्नपूर्ण बहुमुखि सहकारी संस्था लिमिटेड कंचनपुरको २५ औं बार्षिक साधारण सभामा नगर प्रमुख गुप्ताले सो कुरा बताएका हुन् ।
नगरप्रमुख गुप्ताले भने,‘यस नगरपालिका भित्र ६३ वटा सहकारी रहेको र यस नगरपालिका भित्र धेरै संख्यामा झोले सहकारीहरु रहेको छ । ती संस्थाहरुलाई चुस्त दुरुस्त बनाउन पालिकाले नजिकबाट नियालीरहेको छ ।’
उक्त साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले झोले सहकारीलाई नगरपालिकाले नजिकबाट नियाली रहेको बताएका छन् । नगरप्रमुख गुप्ताले भने,‘यस नगरपालिका भित्र ६३ वटा सहकारी रहेको र यस नगरपालिका भित्र धेरै संख्यामा झोले सहकारीहरु रहेको छ । ती संस्थाहरुलाई चुस्त दुरुस्त बनाउन पालिकाले नजिकबाट नियालीरहेको छ ।’ नगरप्रमुख गुप्ताले अन्नले भरेको अन्नपूर्णा र सहयोगी सहकारी मर्ज भयो भने सहकारीको एउटा नयाँब्राण्ड स्थापित हुने बताए । कुनै पनि संस्थामा राजनीति पस्यो भने संस्थालाई असर पर्ने बताउँदै नगरप्रमुख गुप्ताले पालिकाले सहकारीहरुलाई लेखाको तालिम आयोजना गरेर सहयोग गरेको बताए ।
नगर प्रमुख गुप्ताले भने,‘अन्नपूर्णलाई २५ वर्ष सम्म एउटै ब्याक्तीले नेतृत्व दिएर परिवार जस्तो चलाएर यहाँसम्म ल्याएकोले धन्यवादको पात्र रहेको छ ।
उक्त साधारण सभामा कन्चनरुप नगरपालिकाकी उप नगर प्रमुख मुना कुमारी पोखरेलले नगरपालिकाका रहेका सहकारीहरुको कमीकमजोरीहरु सुधारे अघि बढ्नु पर्नेमा जोड दिएकी छिन् । उनले भनिन,‘ पीडितहरुलाई ऋण दिने यो संस्था रहेको हो र त्यो ठाउँमा कसरी पुग्ने त्यसमा पनि ध्यान दिनुपर्छ ।’ ऋणीहरुले इमान्दारिताका साथ समयमा ऋण ब्याज तिरे संस्थाहरुलाई बचत फिर्तामा समस्या नहुने बताए ।
कार्यक्रममा अवलोकित दैनिकका सम्पादक भोला पासवानले पालिकामा रहेका सहकारीका विषयमा आधारभूत जानकारी समेत पालिकासँग नभएकोले जनताहरु पीडित बन्न पुगेको बताए । उनले भने,‘ कति सहकारीले तोकिएको समयमा साधरण सभा गरे,संस्थाको लेखा परीक्षण गराए त्यो जानकारी नगरपालिकासँग हुनुपर्छ र त्यसको जवाफ नगरप्रमुखले दिनुपर्छ ।’ पालिकामा कतिपय सहकारीमाथि मुद्दा चलिरहेको र अझै कतिपयले बचत फिर्ता गर्न अनाकानी गरीरहेकोले त्यस विषयमा नगरपालिकालाई गम्भिर बन्न पत्रकार पासवानले आग्रह गरेका थिए ।
र सो साधारण सभामा संस्थाका अध्यक्ष सुदम्बर यादबले संस्थाले २५ बषै पुरा गरी २६ औं बर्षमा प्रवेश गरेकोमा सबै शेयर सदस्यmसंचालक समिति र सेवाग्राहीलाई धन्यवाद दिएका थिए । अध्यक्ष यादबले भने,‘ संसथाको कुल पुजी १ करोड भन्दा बढी रहेको यस संस्थाले हालसम्म आफनो कार्यालयको लागि एक कठा आठ धुर जग्गा खरीद गरी उक्त जग्गामा दुई तल्ले भवन निमार्ण कार्य सम्पन्न गरेको छ । कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादबले सूर्यले सबैलाई समान रुपमा छहारी प्रदान गरेजस्तै संस्थाका सबै शेयर सदस्यले संस्थालाई र संस्थाले शेयर सदस्यलाई एकनाशले हेर्नुपर्ने बताए ।
कन्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यता तथा अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष सुदम्वर यादवको अध्यक्षतामा उक्त संस्थाको २५ औ साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा अन्नपूर्ण बहुमुखि सहकारी संस्था लिमिटेडका संस्थापक उपाध्यक्ष शत्रुघन यादव,ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संचालक समिति सदस्य महेन्द्र यादव, संजय स्वर्णकार,संस्थापक दिलिप कुमार चौधरी,कञ्चनरुप ८ का प्रत्याशी उमेदवार रामेश्वर यादव,कञ्चनरुप नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जोगेन्द्र पासवान,कञ्चनरुप ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह लगायतल मनत्वय व्यक्त गरेका थिए ।
कार्यक्रममा अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक विजय कुमार मिश्रले लेखा प्रतिवेदन र व्यवस्थापक आनन्द प्रसाद गुप्ताले लेखा २०७९÷०८०को आय व्यय र अगामी आथिृक बर्षको कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले २०७९÷०८०मा १८ लाख ४८ हजार सुद्ध नाफा गरेको व्यस्थापक गुप्ताले जनाएका थिए । कार्यक्रम संचालन चितरन्जन यादवले गरेको थिए ।
प्रतिक्रिया