‘कक्षा कोठामा एक दिन ’ : शिक्षाविद् विद्यानाथ कोइरालादेखी डाक्टर रामजी रामसम्म,७ विद्यालयमा ३० जना विषय विज्ञ सहभागी

  • माघ १, २0८0
  • 0
...


कञ्चनपुर,माघ १ गते ।
टिच फर नेपालले ‘कक्षा कोठामा  एक दिन ’ कार्यक्रम अन्तगर्त धनुषाको मिथला विहारी नगरपालिका ७ ओटा माध्यमिक विद्यालयमा शिक्षाविद्देखी समाजिक अभियन्तालाई ल्याएको छ ।
 ‘कक्षा कोठामा  एक दिन ’ किनभने, एक दिन, एक क्षण, एक व्यक्ति र एक बिचारले एक विद्यार्थीको  जीवनमा ठूलो फरक पार्न सक्छ भन्ने मान्यता अनुरुप टिचफर नेपालले उक्त नगरपालिका ७ ओटा विद्यालयमा आईतबार शिक्षा क्षेत्र   र समाजका विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरुलाई विद्यालयमा एक घण्टा १५ मिनेटको कक्षालिनका लागि  ल्याएका छन् ।
उक्त कार्यक्रममा शिक्षाविद प्रध्यापक विद्यानाथ कोइराला,डाक्टर छिरिङ्ग लामा,विना झा,पत्रकार भोला पासवान,डाक्टर रामजी राम,लेखक जेवी विश्वकर्मा,नेपाली सेनाका मेजेर सुर्दशन सिलवाल,निहारिका मैनाली,ब्रिजेन्द्र जोशी,हेमपाल श्रेष्ठ,चरु चाडा,शिशिला अर्चाय,कुमार थापा, मिनाक्षी दाहाल लगायत ३० जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई कक्षा कोठामा शिक्षणका लागि लगिएको थियो । बाहिरबाटै गएका ३० जनालाई नै स्थानीय विद्यार्थीहरुको घरमा नै खाने बस्ने व्यवस्था गरिएको थियो । विद्यार्थी,अभिभावक र विषयगत क्षेत्रका प्रभावशाली व्यक्तिहरुले सामुदायिक विद्यालयका विद्यार्थी,शिक्षक,अभिभावकबारे बढीबढी छलफल गर्ने उद्देश्यले विद्यार्थीको घरमा पाहुना शिक्षकहरुलाई राखिएको थियो । 
टिच फर नेपालका प्रमुख कार्यकारी स्वस्तिकाले  हामी मान्छौं  कि यदि हामी हाम्रा बालबालिकालाई परिवर्तनकारी जीवन मार्गमा पुर्याउन चाहन्छौं भने, शैक्षिक उपलब्धि महत्त्वपूर्ण छ तर पर्याप्त छैन । उनले भनिन,‘ हामी विश्वास गर्छौं कि बच्चाहरूले उच्च लक्ष्य र सकारात्मक मानसिकता विकास गर्न आवश्यक छ। साथै विभिन्न संस्कृतिको ज्ञान, अवसर र विभिन्न विकल्पसम्मको पहुँच हुनुपर्दछ।’
 “कक्षा कोठामा एक दिन”ले बालबालिकाको भविष्यप्रतिको आकांक्षा बढाउने र विभिन्न पेशा, विश्वव्यापी समस्याहरू, संस्कृतिहरू, र व्यक्तिगत संघर्ष र  लगनशीलताका कथाहरूबारे उनीहरूको ज्ञान बढाउने उद्देश्य राखेको छ । विषयगत क्षेत्रका प्रख्यात व्यक्तिहरुले  पेशा र करियर, विश्वव्यापी मुद्दाहरु, विश्वव्यापी संस्कृतिहरू, व्यक्तिगत संघर्ष र लगनशीलताका कथाहरू  साझा गरेका थिए ।
मिथला विहारी नगरपालिका ७ ओटा विद्यालयमा गणित र अग्रजी विषयमा शिक्षण सहयोग गर्न टिचफर नेपालले १२ जना प्रज्ञार्थी (फेलो)ले काम गर्दै आएका छन् ।  अवलोकित दैनिकका सम्पादक भोला पासवानले  मिथला विहारी नगरपालिका २ स्थित श्री जगरु साह रामपुकार साह माध्यमिक विद्यालय परर्शुराम तलाउका कक्षा ९ र १०मा पढ्ने विद्यार्थीहरुसँग आफनो पत्रकारिताको २० बर्ष सर्घषबारे अन्तक्रिया गरेका थिए । 
नगर प्रमुख राजेन्द्र प्रसाद यादवले भौगोलिक रुपमा तराई को सुगम क्षेत्रमा अबस्थित रहेपनि मानव बिकास सुचनाङ्क तथा बिकासको दृष्टीमा पुछारमा रहेको घना बस्ती भएको मिथिला राज्यको ऐतिहासिक परिक्रमा मेला मुख्य दुईवटा (डोला) लगायतका घुम्ती शिबिर मध्ये मिथिला बिहारी भगवानको नामबाट स्थापित रहेको जानकारी  गराएका थिए । उनले भने,‘ हिन्दु धर्मको पबित्र स्थान सितामाताको अर्थात भगवान रामको ससुराली पहिचान बोकेको जनकपुर नगरी भएकोले यसले मिथिला बिहारीलाई थप पृथक पहिचान दिएको छ । धार्मिक दृष्टीले ऐतिहासिक रहेको मिथिला बिहारी (राम भगवानको) नामबाट मिथिला बिहारी भनी यस स्थानिय तहको नामाकरण गरिएको हो ।’ नगर प्रमुख यादबले पालिकामा रहेका १४ विद्यालयमा शिक्षक अपुग रहेकोले चालु आर्थिक बर्षमा ५० लाख बजेट सहयोगी शिक्षकका लागि बिनयोजन गरेको बताए । टिच फर नेपालले पालिकामा १२ जना फेलो मार्फत गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान दिएकोमा सबैलाई सम्मान गरेका गरेका थिए । 
 
 

प्रतिक्रिया