स्वास्थ्य केन्द्र कञ्चपुरमा थप उपचार सामग्री उपलब्ध गराउँन माँग

  • आश्विन २४, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर, असोज २४ गते ।
समाजवादी पार्टीका अध्यक्ष एवं संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बिहीबार कञ्चनरुप नगरपालिका का  कार्यकर्ताहरुले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चपुरमा थप उपचार सामग्री उपलब्ध गराउँन माँग गरेका छन् ।
    कञ्चनरुप नपा–८ बेरियर स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसमा समाजवादी पार्टीका नगरअध्यक्ष सुदम्बर यादब,क्षेत्रिय इन्जार्च रामेश्वर यादब,संजय कुसियैत,संजय खड्गा,अनोज यादब,जीवन यादब लगायतका नेता तथा कार्यकर्ताहरुले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चपुरमा भिडियो एक्सरे र ल्याबलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयबाट सहयोग गर्नुपर्ने माँग गरेका थिए ।
    ‘भिडियो एक्सरे नभएका    कारण यस भेगका जनता राजविराजमा गएर भिडियो एक्सरे गर्न बाध्य छन,तत्काल ल्याब व्यवस्थापन र भिडियो एक्सरे गर्न सहयोग गर्नु आवश्यक छ ।’ फोरमका नगर अध्यक्ष सुदम्बर यादबले प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्न र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहयोग गर्न माँग गरेका थिए ।
    समाजवादी पार्टीका अध्यक्ष एवं संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्राथमिक स्वास्थ्य केन्द्र स्तरउन्नती भइसकेको र चाडै नयाँ भवन निमार्णका लागि टेण्डर खुल्ने प्रक्रियामा रहेको जनाउँदै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 
    समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले यस भेगका केही स्वास्थ्यकर्मीहरुलाई समायोजनका कारण समस्या रहेकोले त्यो समाधान गर्न सुझाएका थिए ।

प्रतिक्रिया