कञ्चनरुपमा रहेका गेंडसिंह बाबाको मन्दिरको चौतर्फी विकासका लागि सहयोग गर्ने मन्त्री साहको प्रतिबद्धता

  • माघ २, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर,माघ २ गते । 
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताले साहले कञ्चनरुप नगरपालिका ४ कविलाशा स्थित सरदार बाँतर समुदायको कुल देवता गेंडसिंह बाबाको मन्दिरका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार सरदार (बाँतर) जातीहरुको कुल देवता श्री गेडसिंह महाराज बाबाको माघी (तिलाई संक्राईत) पर्वको शुभ अवसरमा श्री श्री १० श्री गेंडसिंह बाबा मेला समिति कंचनरुप, सप्तरीले आयोजना गरेको ७ औं माघे तिला संक्रान्ति महोत्सव कार्यक्रममा मन्त्री साहले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मधेश आन्दोलनले सबैको पहिचान र संस्कृतिलाई स्थापित गरेकोले भन्दै मन्त्री साहले गेंड सिंह मन्दिरलाई सौन्दर्यकरण र विकासका लागि सहयोग गर्ने बताए । मन्त्री साहले भने,‘ मधेश प्रदेश सरकारले दलित सशक्तिकरण ऐन ल्याएको र त्यसमा सबै दलितको अधिकार सुनिश्चित गरेको  छ । ’ 
सबै जातजातीले आआफनो संस्कृति जर्गेना गर्न तत्पर हुनुपर्ने भन्दै मन्त्री साहले मन्दिरको घेराबेरा लगायत विकास निमार्ण काममा आवश्यक बजेट विनयोजन गर्न पगर्ने गर्ने बताए । कार्यक्रममा विशिष्ट अथिति कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले गेंडसिंह मन्दिरमा मेला लगाउन आपूmले मेयर नहुदैँ पहल गरेको दावी गरे । उनले भने,‘गेंडसिंह मन्दिर विकासलागि म यहाँका अगुवाहरुले बनाएको योजनामा सहयोग गर्न तयार छु ।’ 
कार्यक्रममा अवलोकित दैनिकका सम्पादक भोला पासवानले यसअघिका समाजिक विकास मन्त्री नवलकिशोर साह समेतले मन्दिर विकासका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै मन्त्री साहलाई मन्दिरको चौतर्फी विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए । 
बाँतर जातीको धर्मसंस्कृती र पहिचान परम्परालाई जर्गेना गर्नका निम्ति साँस्कृतिक कार्यक्रमको साथमा जातिको भेषभुषामा झाँकी कार्यक्रमको आयोजना गरेर आफनो संस्कृतिको बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्भादक पासवानले भने,‘ गेंडसिंह मन्दिर निमार्ण र मेला लगाउन स्वर्गीय मानपुर चौधरीको र सरदार समुदायका अगुवा तारणी सरदारको महत्वपूर्ण भूमिका छ ।’
बाँतर सरदार समुदायलले आ–आफ्नो गाउँ टोलमा समूहसमूह कूलदेवताको पूजापाठ गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।  बाँतर सारदार समुदायहरुले आफ्नो धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले तिल, च्यूरा, भूजाको लड्डु, पानफूल, सूपाडी, तुलसीको पात,लगायत सामग्रीले सामूहिक पूजापाठ गरी कुलदेवता गेंडसिंहलाई बली दिएर माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका हुन् ।

माघेसंक्रान्तिका दिन बाँतर सरदार समुदायहरुले आफ्नो कुल देवता गेंडसिंहलाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजनहरु मिलेर गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका कार्यवाहक अध्यक्ष श्याम सरदारले बताए । सदियौंदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितिरिवाज अनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार (मुखिया) को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा जीवक्ष सरदारले बताए  ।
 कार्यक्रममा नेपाली काग्रेसका क्षेत्र नम्बर १(ख)का सभापति उमेश मिश्र,राजेश्वरी चौधरी,कञ्चनरु नपा ४का वडाअध्यक्ष जोगेन्द्र पासवान,सरदार समुदायका अगुवा मखन सरदार,जसपाका महासचिव दिनेश यादब लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेला समितिका संयोजक राजेश सरदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जीवछ सरदारले गरेका थिए  भने कार्यक्रम संचालन दलित विकास समितिका सदस्य श्याम सरदारले गरेका थिए । कार्यक्रममा प्रमुख अथिति मन्त्री सुरिता साहलाई कार्यक्रमका अध्यक्ष राजेश सरदार र नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका कार्यवाहक अध्यक्ष श्याम सरदारले मायाको चिनो प्रदान गरेको थियो ।   
 

प्रतिक्रिया