सहयोगी स्थापना दिवसमा ४ महिला सहित ३२ जनाले गरे रक्तदान : सुरज कुमार ठाकुरले १७ औं र अभिषेक गौत्तमद्धारा १४ औं पटक रक्तदान

  • माघ ३, २0८0
  • 0
...


सुसिन्द्र पासवान
कञ्चनपुर,माघ ३ गते ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ले स्थापना दिवसको अवसरमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । ४ जना महिला सहित ३२ जनाले रक्त दान गरेका हुन् ।
सहयोगीका अध्यक्ष अनोज कुमार यादवका अनुसार संस्थाले १६ बर्ष पुरा गरी १७ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा स्थापना दिवसमा रक्तदान गरिएको बताए । कार्यक्रममा अर्जुन कुमार पंजियार,निरोज कुसियैत यादव,शत्रुधन प्रसाद बिराजी,उमेश कुमार यादव,मिन बहादुर अधिकारी,सुरज कुमार ठाकुर,अभिषेक गौतम,बिनोद कुमार बर्मा,सौरभ  दाहाल,सचिदानन्द प्रसाद यादव,रबिन्द्र कुमार मसैता,संजय कुसियैत यादव,नब जीवन साह सुडी,मुकेश कुमार सरदार,डम्बर यादव,राज कुमार साह,प्रताप कुमार साह,राकेश मण्डल,लालु यादव,ओम प्रकाश पोखरेल,दिपा  पोखरेल,तिर्थ नारायण भगत,भरत प्रसाद साह ्,रति सुमन गुप्ता (बिटु),राजेश यादव,सन्दिप राउत,नुतन कुमारी मरबैता यादव,भूमिका श्रेष्ठ,सुजाता अलि,खेम राज यादव र रितेश कुमार साहले रक्तदान गरेको संस्थाका व्यवस्थापक बिनोद कर्णले बताए । 
नविल बैंक कञ्चनपुर शाखाका व्यवस्थापक सुरज कुमार ठाकुरले १७ औं पटक रक्तदान गरेका हुन् । त्यसैगरी कञ्चनरुप १२ रुपनगरका अभिषेक गौतमले १४ औं पटक रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा रेडक्रस कार्यालय राजविराजका ब्लड बैंकका इन्चार्ज नविनकुमार झाले समेतको उपस्थिती रहेको थियो । सहयोगीका अध्यक्ष यादबले जिल्ला स्थीत ब्लड बैंकमा रगत कमि भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदान कार्यक्रममा सहभागी हुनेलाई प्रमाण पत्र सहित सम्मान गरेका थिए ।  रक्तदान कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल,अवलोकित दैनिक सम्पादक भोला कुमार पासवान,सहयोगीका उपाध्यक्ष संजय खड्गा,सचिव शोभाकान्त गुप्ताको समेत सहभागिता रहेका थिए ।
कार्यालयका सबै कर्मचारीको उपस्थितीमा सहयोगीका अध्यक्ष अनोजकुमार यादबले १७ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा केक काटेका थिए । उक्त अवसरमा संस्थाले दुइजनालाई सम्मान गरिएको छ । नियमित सावा,ब्याज भुक्तानी गर्ने सविता राणा भट्टराई र  ऋण असुल गरेवापत  सहकारीका ऋण अधिकृत उमेश परिहसत सम्मानित भएका हुन् । उनीहरुलाई सहकारीका अध्यक्ष अनोज कुमार यादवले प्रशंसा–पत्रद्वारा सम्मान गरेका थिए ।समयमै रगत नपाउँदा विश्वमा वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको छ । रक्तदानले व्यक्तिको जीवन मात्र बचाउँदैन, यसले रक्तदाताको शरीरमा पनि विशेष प्रभाव पार्छ। नियमित रक्तदान गर्नु शरीरका लागि फाइदाजनक हुने अध्ययनले देखाएको छ । रक्तदान गर्ने बानीले तपाईँलाई धेरै प्रकारका दीर्घकालीन रोगहरूको जोखिमबाट बचाउन सक्छ । रक्तदान पूर्णतया सुरक्षित छ ।
रक्तदान गर्दा केही कुरामा ध्यान दिइन्छ । रक्तदान गर्नको लागि तपाई १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्छ। दाताको रगतमा हेमोग्लोबिनको स्तर १३ भन्दा कम हुनु हुँदैन। रक्तदाताको तौल ५० किलो हुनुपर्छ, यस बाहेक रक्तदाता पूर्णतया स्वस्थ हुनुपर्छ अर्थात् रक्तचाप, मधुमेह वा अन्य कुनै प्रकारको सङ्क्रमण हुनुहुँदैन । फोक्सोको गम्भीर रोग, हेपाटाइटिस, एचआइभी सङ्क्रमण, एड्स आदिका बिरामीले रक्तदान गर्न सक्दैनन् । सामान्यतया एउटा रक्तदान गरेको तीन महिनापछि पनि अर्को रक्तदान गर्नुपर्छ । रगतदान गर्दा हुने स्वास्थ्य लाभका यस्ता छन् ।
रक्तचापको समस्या कम हुन्छ  ः
अन्वेषकहरूले पत्ता लगाए कि नियमित रूपमा रगत दान गर्ने व्यक्तिहरूलाई अन्य मानिसहरूको तुलनामा उच्च रक्तचापको समस्या कम हुन्छ। २०१५ मा, वैज्ञानिकहरूले एक वर्षमा एक देखि चार पटक रगत दान गर्ने २९२ दाताहरूको स्वास्थ्य जाँच गरे। यस्ता व्यक्तिमा उच्च रक्तचापको समस्या कम हुने सम्भावना देखिएको छ । रक्तचापको समस्याको अनुपस्थितिले हृदय रोगसँग सम्बन्धित जोखिमलाई पनि कम गर्छ। यसबाहेक कोलेस्ट्रोलको समस्या कम गर्नमा पनि रक्तदानको फाइदा देखिएको छ ।

तौल नियन्त्रण गर्न मद्दत गर्छ ः
अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि रक्तदानले वजन नियन्त्रण गर्न मद्दत गर्दछ। केही अनुसन्धानले पत्ता लगाएको छ कि रगत दान गर्दा क्यालोरीहरू जलाउन सक्छ, जसले वजन नियन्त्रण गर्न मद्दत गर्दछ। यद्यपि, यो पुष्टि गर्न पर्याप्त प्रमाण उपलब्ध छैन। वैज्ञानिकहरूको टोलीले नियमित रक्तदान गर्ने बानी धेरै किसिमले फाइदाजनक हुने, जसका कारण तौल बढ्ने खतरा कम हुने पत्ता लागेको छ ।
मानसिक स्वास्थ्यमा फाइदाजनक ः
रक्तदानले शारीरिक र भावनात्मक स्वास्थ्यलाई पनि फाइदा गर्छ। मेन्टल हेल्थ फाउन्डेसनको एक रिपोर्ट अनुसार, यो तपाईँको मानसिक स्वास्थ्यलाई धेरै तरिकामा कायम राख्न लाभदायक हुन सक्छ।

प्रतिक्रिया