कृतिमा नि :शुल्क आँखा शिविर सुरु ,पहिलो दिन ७ सय भन्दा बढीले जाँच गराए

  • माघ ३, २0८0
  • 0
...


कञ्चनपुर,माघ ३ गते । 
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले आँखा शिविरमा अप्रेशन भएकाहरुलाई व्यक्तिगत खर्चमा खिच्चडी खुवाउने भएको छ ।
कञ्चनरुप नगरपालिका ९ स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरको आयोजना तथा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौं को सहयोगमा बुधबारदेखी सुरु भएको आँखा शिविरमा अप्रेशन गर्ने विरामीलाई निःशुल्क रुपमा व्यक्तिगत खर्चमा खिच्डी खाने व्यवस्था गरिएको उपप्रमुख पोखरेलले बताइन् । 
उपप्रमुख पोखरेल यसअघिका शिविरमा समेत खिच्डी खुवाएको बताउँदै भनिन,‘ मैले सक्दो सहयोग विगतमा पनि गर्दै आएको हुँ ,अहिले पनि गरेको छु ।’  कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरका अध्यक्ष अमर श्रेष्ठले करिब चार हजार ५ सय जनाले शिविरमा आँखा जाँच गर्ने र करिब ८ सयको मोतियाबिन्दको अप्रेशन गर्ने लक्ष्य रहेको जानकारी गराएका छन् । शिविरको पहिलो दिन सेवाग्राहीको भिडभाड रहेको थियो । 
कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरका इनचार्ज डा. प्रतेश मण्डलका अनुसार बिहिबार देखि आँखाको अप्रेसन गर्ने कार्य बिहिबार देखि औपचारिक रुपमा सुरुवात गर्ने बताए । डा. मण्डलका अनुसार पहिलो दिन ७ सय भन्दा बढिले आँखा जाँच गराएका छन् ।

प्रतिक्रिया