सुसिन्द्र पासवान
कञ्चनपुर,माघ ४ गते ।
कृति सामुदायिक स्वास्थ उपचार केन्द्र कञ्चनरुप १२ रुपनगर सप्तरीको आयोजना तथा तिलगंगा नेत्र प्रतिष्ठ।न काठमाडौंको सहयोगमा संचालित ३ दिने निशुल्क आखा शिविरको दोस्रे दिन बिहीबार ७ सय भन्दा बढीले आँखा जाँच गराएका छन् भने २ सय १७ जनाको मोतियाबिन्दको अप्रेशन भएको छ ।
आँखा जाँच बुधबारबाटै भएपनि अप्रेशन बिहीबार एक भव्य कार्यक्रम आयोजना गरि गरिएको छ । उद्घाटन कार्यक्रम तथा बिरामिहरुको शल्यक्रिया शुरु बिहान ५ बजे देखि नै बिरामिहरुको भिड उल्लेख्य मात्रामा रहेको थियो । कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरका इन्चार्ज डा. प्रतेश मण्डलका अनुसार शुक्रबार पनि करिब २ सय जनाको आँखाको अप्रेशन गर्ने तयारी गरिएको छ । पहिलो दिन बुधबमार सात सयले आँखा जाच गराएका डा. मण्डलले बताए ।
बिहीबार आँखा शिविरमा कञ्चनरूप नगरपालिका वडा नं. १२ की १०४ बर्षिया मनमाया खतिवडाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको थियो । १०४ बर्षिया खतिवडा सहित २ सय १७ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको थियो ।
कञ्चनरूप नगरपालिका वडा नं. १२ मा बुधबारबाट सञ्चालित आँखा शिविरको उद्घाटन बिहीबार नगर प्रमुख ललन प्रसाद गुप्ताले गरेका थिए । शिविरमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेका महिला पुरुषलाई नगर उप प्रमुख मुना कुमारी पोखरेलले निःशुल्क खिचडी खुवाउने ब्यवस्था गरेकी छन । तिलगंगा आँखा प्रतिष्ठानले काठमाडौँले प्रत्येक वर्ष कञ्चनरूपको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा आइ निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्दै आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानले गत वर्ष १ हजार ४ सय ३७ जनाको आँखा जाँच गरेको थियो भने ६ सय ९४ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको थियो ।
शल्यक्रिया शिविरमा प्रतिष्ठानका नेत्र डा सृजना अधिकारी सहितका २६ जनाको टोली आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया संलग्न रहेको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरका सञ्चालक समिति अध्यक्ष अमर श्रेष्ठले बताए । आँखा शिविरमा सिरहा सुन्सरी सहित छिमेकी राष्ट्र भारतका विभिन्न ठाँटबाट आँखाको सेवा लिन आएको समितका अध्यक्ष श्रेष्ठले बताए । शिविरमा ४ हजार ५ सयको आँखा जाँच र करिब ८ सय जनाको मोतियाबिन्दुको अप्रेशन गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । रुपननगर स्थित शंकर मावि सामुदायिक विद्यालयले मोतिबिन्दु शल्यक्रिया गरेका बिरामीलाई रात्रि विश्रामका लागी विद्यालय भवन उपलब्ध गराएको छ ।
उपचार केन्द्रका अध्यक्ष अमर श्रष्ेठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र, समाजसेवीहरू तथा पूर्व प्राधानाध्यापक शम्भु प्रसाद उपाध्याय, जित बहादुर श्रेष्ठ , लेख नारायण श्रेष्ठ, दक्ष नारायण श्रेष्ठ, वडा १२ वडा अध्यक्ष, देवी बहादुर खत्री , वडा नं. ९का वडाअध्यक्ष रामसुन्दर यादव , वडा नम्बर ६का वडाअध्यक्ष बच्चुलाल चौधरी,वडा नम्बर ८का वडाअध्यक्ष कृष्ण प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले आँखा शिविरमा अप्रेशन भएकाहरुलाई व्यक्तिगत खर्चमा खिचडी खुवाएको छ । आँखा शिविरमा अप्रेशन गर्ने विरामीलाई निःशुल्क रुपमा व्यक्तिगत खर्चमा खिचडी खाने व्यवस्था गरिएको उपप्रमुख पोखरेलले बताइन् । आँखा शिविरमा माघ ६ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया