किशोर पासवान
कञ्चनपुर । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको शुअवसरमा शनिबार बृहत शोभा यात्रा सम्पन्न गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर बजार स्थित दुर्गा मन्दिर प्राङ्गणबाट शोभा यात्रा सुरुवात भएको थियो । शोभा यात्रामा सयौंका संख्यामा महिला तथा पुरुषहरुको सहभागिता रहेका थिए । यात्रामा जय सियारामको नारा र झण्डा बोकेर स्थानीयहरु सहभागि भएका थिए ।
सनातन हिन्दु समाज कञ्चनरुप नगरपालिकाको आयोजनामा मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्म भूमी अयोध्यामा हुन लागेको नव निर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा बृहत शोभा यात्रा निकालिएको डिम्बपल बर्माले बताएकी छिन् ।
कञ्चनपुर बजारबाट निस्केको बृहत शोभा यात्रा कञ्चनपुर बेरियरहुँदै पुन ः दुर्गा मन्दिरमै गएर सम्पन्न भएको ब्यापारी श्यामसुन्दर गुप्ताले जानकारी दिएका छ्न । उनले भने,‘भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बृहत शोभा यात्रा ¥याली निकालिइको छ । ’
यता कञ्चनपुर बेरियरका यूवाहरुले नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका दिन सोमबार नगरमा दीप प्रज्वलन गर्ने तयारी गरेको छ । दिपावाली गर्न सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा युवा तथा ब्यापारीहरुले १० क्युन्टलको दिप निर्माण गरेको छ ।
अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठा (घरबास) हुँदै छ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन कञ्चनपुर वेरियरमा युवा तथा ब्यपारीहरुले उक्त दिप प्रज्वलन गर्ने तयारी गरेको हो ।
१० क्युन्टलको दिप निर्माणको आउदो माघ ८ गते दिपावली मनाउने स्थानीय व्यापारी ईन्द्रदेव सिंहले बताए । सिंहले भने,अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माण गरी मन्दिरको समुद्घाटन तथान श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएको छ ।’ कञ्चनरुप नगरपालिकावासीलाई उक्त दिन दिपावली मनाउने कञ्चरुपका नगरवासीलाई सिंहले आग्रह गरेका छन् । सिंहका अनुसार मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाईमा यस दिपावलीमा नगरवासी सहभागी हुन समग्रमा अनुरोध साथै दिपावली मनाउन गइरहेकाले संसारलाई त्रेता युगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको संदेश दिने बताए । ‘प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै कञ्चनरुपवासीमा पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न यूवाहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया