रामललाको प्राण प्रतिष्ठाका दिन भक्तिमय कञ्चनरुप : १० क्युन्टलको दिप प्रज्वलनमा भक्तजनको भिड

  • माघ ८, २0८0
  • 0
...


कञ्चनपुर,माघ ८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका भगवामय बनेको छ । कञ्चनरुप नगरवासीले विभिन्न कार्यक्रम र साँझ दिपावली गरेका छन् ।
भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा दिप प्रज्वलन संगै बृहत शोभा यात्रा ¥याली गरेका छन् ।
सोमवार भारतको अयोध्यामा भगवान रामको विकास मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले कञ्चनरुपको कंचनपुर,बरमझिया,बालुवा,चान्दनी चौक,कञ्चनपुर हटिया लगायतका ठाउँबाट बृहत शोभा यात्रा ¥याली तथा दिप प्रज्वलन गरेका हुन् ।
 कंचनपुर वेरियर स्थित  युवा तथा ब्यपारीहरुद्धारा १० क्युन्टलको दिप प्रज्वलन गरेको छ । सनातन युवा समाजका कन्चनरुप ८ कंचनपुर सप्तरी नेपालको आयोजनामा अयोध्यामा भगवान रामको विकास मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले १० क्युन्टलको दिप प्रज्वलन गरेको स्थानीय ब्यापारी ईन्द्र देव सिंहले जानकारी दिए ।

विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले आज हामिहरु दिप प्रज्वलन गरे संगै बृहत शोभा यात्रा कन्चनरुप नगरपालिकाको कंचनपुर,रुपनगर,बलुवा लगायतका स्थान सम्म ¥याली गरिएका स्थानीय युवा अजय पासवानले बताए ।
पासवानले भने,‘सनातन युवा समाजका सम्पुर्ण टिमका साथीहरूले दिप प्रज्वलन गरेका छौं । ’ 
स्थानीय युवा तथा ब्यापारीको संयुक्तको सहयोगमा बनेको १० क्युन्टलको दियो प्रज्वलन गर्नकालागि सम्पुर्ण  कन्चरुपका नगरवासीहरु आएर भब्यताका साथ  प्रज्वलन गर्न आग्रह गरेका छन । 
स्थानीय ब्यपारी उमेश साहले  मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाई हुने  बताए ।
त्यस्तै कन्चनरुप नगरपालिका वडा नम्बर ४ मा  श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा खुशीयाली छाएकोमा अवसरमा वडा अध्यक्ष जोगेन्द्र पासवानले श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा खुशीयाली छाएकोमा सोमबार  प्रत्येक घरबाट १०÷१० वटा दिप बनाएर मन्दिरको प्राङ्गणमा ल्याई भब्यताका साथ दिप प्रज्वलन गरेको कञ्चनरुप नगरपालिका ४ का वडाअध्यक्ष जोगेन्द्र पासवानले बताए ।
कञ्चनपुर हटियमा २४ घण्टा अष्टयामको आयोजना गरिएको स्थानीय व्यापारी प्रताप साहले जानकारी दिए । अष्टयाम सुरु हुनुअघि शोभा यात्रा निकालिएको साहले बताए । कञ्चनपुर बेरियर स्थित हनुमान मन्दिरमा राति जग्रामको कार्यक्रम आयोजना गरिएको थियो । कञ्चनरुप ८ सलहेश टोलमा समेत गाउँभरी जय श्रीराम नामको भगवाले सचाउनुका साथै सलहेश मन्दिरमा सामुहिक दिपावलीको आयोजना गरिएको थियो । 
 

प्रतिक्रिया