कञ्चनरुपका शिक्षकलाई समयमा तलब खान पनि समस्या,१५ गतेभित्र तलब नदिए पालिकामा तालाबन्दी गर्ने निर्णय

  • माघ ९, २0८0
  • 0
...


कञ्चनपुर,माघ ९ गते । कञ्चनरुप नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुले समयमा तलब भत्ता नखुवाएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार श्री शंकर माध्यमिक विद्यालयका प्रअ गजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले अगामी माघ १५ गतेभित्र तलब भत्ता नदिए १६ गतेदेखी चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । प्रधानाध्यापकहरुले उक्त निर्णय मंगलबारै कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेललाई बुझाएका छन् । 
बैठकको निर्णयमा भनिएको छ, ‘१६ गते नगरभित्रका सम्मपूर्ण प्रअ,शिक्षक तथा कर्मचारीहरु विद्यालय बन्दगरी नगरपालिकाको कार्यालयमा उपस्थित भई आन्दोलन गर्ने ।’ 
प्रअहरुले १७ गते आवश्यक सुनवाई नभएको खण्डमा कार्यालयको मूल गेटमा तालाबन्दी गरी आन्दोलनका साथै छलफल र थप कार्यक्रमहरु अगाडी बढाउने निर्णय गरेको छ ।  बैठकमा पालिकाले त्रैमासिक रुपमा तलब भत्ता  खुवाउने निर्णय ग।ेपनि विगत केही बर्षदेखी त्रैमासिक  तलब भत्ता खान पटक पटक अनुरोध गर्दा पनि अपहेलित हुदैं आएको जनाएको छ । 
कञ्चनरुप नगरपालिकाले शिक्षा क्षेत्रलाई उपेक्षा गरेका छन् ।  यसअघि पालिकाका जनप्रतिनिधि र कर्मचारीका कारण २ करोडभन्दा बढी शिक्षाको बजेट फ्रिज भएको थियो । विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाउने बजेट समेत त्रैमासिक रुपमा नदिएका कारण कतिपय विद्यालयले खाजा खुवाउन बन्द गरेका छन् ।
कञ्चनरुप नगरपालिकाको नगरप्रमुखमा ललन प्रसाद गुप्ता बिजय भएर आएकोदेखी नै पालिकाका सामुदायिक विद्यालयहरुले दुःख पाइरहेका छन् । पटक पटक प्रअ,शिक्षक र कर्मचारीहरुले नियमसंगत कुरा पाउनका लागि समेत आन्दोलन गर्नु पर्ने र विद्यालयमा पढाउन छोडेर नगरपालिकामा हाजिरी लगाउनुपर्ने बाध्य रहेका छन् ।
 

प्रतिक्रिया