किशोर पासवान
कञ्चनपुर, असोज २४ गते । अज्ञात समुहले कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरका बलराम खत्वेको घरमा रहेको स.१ ह. ३२३४ नम्बरको अटो रिक्सामा जलाएको छ ।
सो समूहले मध्य राती करिब १ बजेको समयमा खत्वेको घरबाट करीब ६० मिटरको दुरीमा अटो लगी जलाएको हो ।
खत्वेले घरवास जग्गा साढे १४ धुरको कञ्चन सगरमाथा वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा धितो राखी ३ लाख ऋण र एक लाख आफन्तसंग ऋण लिई अटो लिएको थियो ।
खत्वेका अनुसार विजया दशमीको नवरात्रीको दिन स्थानीय युवाहरुसंग झगडा भएकोले त्यसकै रिसीवीको करणले जलाएको हुन सक्ने बताए ।
उक्त अटो खत्वेले मन्जु देवी महतोसंग खरीद गरेको थियो । तर नामसारी पनी भएको थिएन । दशै पछि नामसारी गर्ने महतोले बाचा गरेको थिए । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले अटो जलाएको आशंकामा ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाएको छ ।
प्रतिक्रिया