कञ्चनरुपमा तलब भत्ता र समाजिक सुरक्षा नपाएपछि शिक्षक,कर्मचारीदेखी जेष्ठ नागरिक र गम्भिर रोगका बिरामी प्रभावित : मेयरले हलो अड्काएर गोरू चुट्ने काम गरिरहेको कार्यापालिका सदस्य भनाई

  • माघ १0, २0८0
  • 0
...


कञ्चनपुर,माघ १० गते । कञ्चनरुप नगरपालिकाको कार्यपालिकाको बैठकले एक हप्ताभित्र अख्तियारी दिने निर्णय गरेको दुई साता बित्दा समेत नगरप्रमुख ललन प्रसाद गुप्ताले  बजेट खर्च गर्ने अख्तियारी नदिएपछि सर्वसाधरण जनता मारमा परेका छन् ।
प्रमुख प्रशसाकीय अधिकृत पुरुषोत्तम घिमिरेलाईलाई बजेट खर्च गर्न नियमसंगत रुपमा नगरप्रमुख गुप्ताले अख्तियारी नदिएका कारण पालिका कर्मचारी र शिक्षक समेतले तलब खान पाएका छैनन् ।
सरकारले औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत गरेपछि मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउदै आएका छन् तर कञ्चनरुपमा चालु आर्थिक बर्ष ६ महिना बित्दा समेत पैसा पाएका छैनन् ।
जेष्ठ नागरिकहरुले दुई त्रैमासिकका समाजिक सुरक्षाभत्ता पाउनुपर्नेमा अहिलेसम्म एक त्रैमासिकको रकम पाएका छन् । कञ्चनपुर अस्पतालमा औषधीको अभाव छ । ल्याबमा जाँच गर्न केमिकल सकिएको महिनौं भएको छ ।  
मंगलबार श्री शंकर माध्यमिक विद्यालयका प्रअ गजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले अगामी माघ १५ गतेभित्र तलब भत्ता नदिए १६ गतेदेखी चरणबद्ध आन्दोलन गर्ने निर्णय नै गरेका छन् । प्रधानाध्यापकहरुले उक्त निर्णय मंगलबारै कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेललाई बुझाएका छन् । 
बैठकको निर्णयमा भनिएको छ, ‘१६ गते नगरभित्रका सम्मपूर्ण प्रअ,शिक्षक तथा कर्मचारीहरु विद्यालय बन्दगरी नगरपालिकाको कार्यालयमा उपस्थित भई आन्दोलन गर्ने ।’ विद्यालयका प्रअहरुलाई कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले आपूmले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई असोज १७ गते नै अख्तियारी दिएको भ्रमित पार्दै आएका छन् ।
कञ्चनरुप नगरपालिकाका प्रवक्ता एवं कञ्चनरुप ८का वडाअध्यक्ष कृष्णा प्रसाद साहले गत पुस २९ गतेको बैठकले नै एक हप्ताभित्र अख्तियारी दिन निर्णय गरेको बताए । उनले भने,‘ सुरुमा ८४ करोड,पछि ६४ करोड हुदैँ नगरसभाबाट ७६ करोड बजेट पास गरेका छौं,त्यसमा सुत्रमा कुन कुन योजना समावेश भएको छ हेरेर ७ दिनभित्र नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय भएको हो । तर किन अहिलेसम्म कार्यान्वयन भएन,आज म बुझ्छु ।’
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने,नियमसंगत रुपमा नगरप्रमुखले अख्तियारी नदिएको कारण कोष तथा लेखा नियन्त्रण कार्यालयले पैसा निकासा नगरेको बताए । उनले भने,अघिल्लो कार्यापालिकाको बैठकमै मैले पहिला दिएको अख्तियारीलेबाट आर्थिक कारोबार नहुने जानकारी गराइसकेको छु । खासमा अख्तियारीको लागि कार्यापालिकामा निर्णय गराउनु आवश्यक पनि थिएन तर निर्णय गराउनु भयो र पनि अख्तियारी दिएको छैन ।
अख्तियारी नपाएकोले विद्यालयको शिक्षक,कर्मचारी लगायत अतिआवश्यक भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।
कञ्चनरुपन नगरपालिकाका नगर प्रमुख  गुप्ता र प्रमुख प्रशासकीय अधिकृतबीच केही समयअघि बिबादक भएको थियो । कञ्चनरुप नगरपालिका स्रोतका अनुसार नगरप्रमुख गुप्ताले प्रमुख प्रशासकीय अधिकृत सरुवा नहुन्जेल वा जेष्ठ महिना अवकाश नभएसम्म पालिकाको कुनै काम नगर्ने मुडमा रहेको बताइएको छ ।
कञ्चनरुप नगरपालिका कार्यपालिका सदस्य शोभा पासवानले कञ्चनरुप नगरपालिका नगर प्रमुख हलो हड्काएर गोरु चुट्ने काम गरिरहेको आरोप लगाए । उनले भने,‘ तलबकमा लागि नगरप्रमुख कहाँ जादा उहाँले अख्तियारी दिइसकिएको भुठो कुरा बताएर कर्मचारीहरुलाई दिगभ्रमित गर्नुहुन्छ ।’ 
 

प्रतिक्रिया