सहयोगीको चालु आवको पुस मसान्तभित्र ८८ लाख ३२ हजार नाफा : पूर्णवितिय सेवाका लागि पहिलो रोजाइको संस्था बनाउने योजना

  • माघ १२, २0८0
  • 0
...


कञ्चनपुर,माघ १२ गते ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनचंरूप नगरपालिका – ८ कंचनपुरका अध्यक्ष अनोजकुमार यादबले सहयोगी संस्थालाई सदस्यहरुलाई पूर्णवितिय सेवाका लागि पहिलो रोजाइको संस्था बनाउने बताएका छन् ।
सहयोगीले शुक्रबार कार्यालयमा आयोजना गरेको अर्धबार्षिक समिक्षा कार्यक्रममा अध्यक्ष यादबले सो कुरा बताएका हुन् । वितिय साक्षरता, उद्दमशीलता र व्यवसाय विकासको माध्यमबाट सदस्यको समृद्धिमा सहयोग पु¥याउने नीति हामीले लिएका छौं  । अध्यक्ष यादबले भने,‘सदस्यहरुको सहजताका लागि सुचना प्रबिधिमैत्री सेवा संचालन गर्न हामी तत्पर छौं ।’
 संस्थाका अध्यक्ष अनोज कुमार यादबले सहकारी संस्थाको कारोबार धेरै ठूलो गरेर ठूलो हुनेभन्दा नियमसंगत ढंगले चलेको छ कि छैन त्यो महत्वपूर्ण हुने बताए । उनले भने,‘संस्था कति ठूलो छ, कति नाफा गरेको छ भन्ने कुराले मात्र राम्रो हुदैनन्,सहकारी नियमसंगत रुपले चलेको छ कि छैन त्यो महत्पूर्ण कुरा हो ।’
संस्थाले चालु आर्थिक बर्षको पुस मसान्तभित्र ८८ लाख ३२ हजार ६सय ५१ रुपैया नाफा गरेको छ ।
समिक्षामा संस्थाका व्यवस्थापक विनोदकुमार दासले चालु आर्थिक बर्षको अनुमानित र अर्धबार्षिक आय र व्ययको यर्थात अवस्थाबारे प्रस्तुती गरेका थिए । गत आर्थिक बर्ष ३८ करोड ६ लाख ४२ हजार ६ सय १४ रुपैया आय कारोबार गरेका संस्थाले चालु आर्थिक बर्षमा ४३ कराृड ७१ लाखको कारोबार गर्ने लक्ष्य राखेकोमा ६ महिनामा ४० करोड ४० लाख २ हजार ४ सय ३३ रुपैयाको करोबार गरेको व्यवस्थापक दासले जानकारी दिएको छ । 
समिक्षामा सहभागी अवलोकित दैनिकका सम्पादक भोला पासवानले सहकारीले नाफा बृद्धिसँगै आफनो शेयर सदस्यको हित र समाजिक क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले भने,‘ सहयोगीले आफना शेयर सदस्य र समाजिक क्षेत्रमा तुलनात्मक रुपमा अरु सहकारीभन्दा धेरै लगानी गरेको छ तर प्रर्याप्त छैन । नाफा बृद्धिसँगै शेयर सदस्यहरु र समाजिक क्षेत्रमा लगानी बढाउनु आवश्यक छ । 
कञ्चनरुप व्यापार संघका सचिव शशी साहले आर्थिक मन्दीको मारमा परेका स्थानीय व्यापारीलाई राहत पुग्ने काम गर्न सुझाव दिएका छन् । सचवि साहले भने,‘ उत्पादन मूलक र स्थानीय स्तरमा स्थापित उद्योगलाई सहयोग गर्ने गरी  लगानी गर्नु आवश्यक छ ।’ सहयोगीले वातावरण संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्नुपर्ने सुझाउँदै सचिव साहले भने,‘ सहयोगीको शेयर सदस्य सबैलाई अनिवार्य वृक्षारोपन गर्न प्रेरित गर्नुपर्छ ।’
कार्यक्रममा सहयोगीको संचालक समितिको उपाध्यक्ष संजय खड्गा,सचिव शोभाकान्त गुप्ता,कोषाध्यक्ष अर्चना गुप्ता,शेयर सदस्य महेश गुप्ता लगायतको संचालक समिति,लेखा समिति,कर्मचारी,पत्रकार व्यापार संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहयोगीले चालु आर्थिक बर्षमा सदस्यहरुलाई चाहिने आवश्यक तालिमको व्यवस्था गर्नुका साथै संचालक समिति,लेखा समिति तथा कर्मचारीहरुलाई समेत तलिमको व्यवस्था,सदस्यहरुलाई प्रत्यक्ष लाभ हुने गरि सामाजिक कार्यहरु, कर्मचारी तथा असल बचत कर्ता तथा असल ऋणी सदस्यहरुलाई सम्मान तथा पुरिस्कृत गरिने नीति लिएको छ । सहयोगीले समय समयमा ऋणी सदस्यहरुको पसल तथा घर घरमा गई ऋण सदुपयोग तथा बचत वृद्धिका बारेमा अनुगमन गरि छलफल गर्ने, सदस्य वृद्धिका लागि सदस्य विस्तार समिति गठन गरि टोल टोलमा गई सदस्य विस्तार गरिने नीति लिएको छ ।   
 

प्रतिक्रिया