कञ्चनपुर,माघ १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ७बाट लागु औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तयारी लागु औषध गाँजा ८ किलो सहित दुई जनालाई पक्राउ गरेको हो । कंचनरुप न.पा. ७ आदर्श टोलमा प्रहरी चौकी धरमपुर र ट्राफिक पोष्ट कंचनपुरको टोलिले सवारी चेकजाँच गर्ने क्रममा बिहीबार दिउसो फत्तेपुर बाट कंचनपुर तर्फ आउदै गरेको को. २५ प. ७०२४ नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागु औषध गाँजा बरामम भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक सप्तरी तिलाठि कोईलाडी गा.पा.६ बस्ने बर्ष ३१ को सचिन यादव र सोही ठाउँ बस्ने बर्ष २६ को अजय प्रसाद यादबलाई पक्राउ गरेको हो । लुकाई छिपाई ल्याउँदै गरेको ८ के.जी.तयारी गाँजा ( ४ पोका) बरामद गरी मोटरसाइकल र दुबै जना मानिस लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया