तीन तहको सरकारले नीजी विद्यालयलाई ‘इगनोर’ गरेर अघि बढ्न सक्दैन : प्याप्सन केन्द्रिय उपाध्यक्ष झा

  • माघ १३, २0८0
  • 0
...


कञ्चनपुर,माघ १३ गते ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) का केन्द्रिय उपाध्यक्ष अनिल कुमार झाले तीन तहको सरकारले नीजी विद्यालयलाई ‘इगनोर’ गरेर अघि बढ्न नसक्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) सप्तरीको दोस्रो जिल्ला अधिवेशन कार्यक्रमको प्रमुख अथितिको रुपमा झाले सो कुरा बताएका हुन् । ‘कुनै देशलाई ध्वस्त पार्नु छ भने त्यस देशको शिक्षालाई ध्वस्त गरिदिए हुन्छ भन्ने कुरालाई हाम्रा नेताहरुले मनै सकार पार्न लागी परेको छ ।’ मधेश प्रदेशका इन्चार्ज समेत रहेका झाले भने,‘ यो देशले शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउन सकेको भए हाम्रो देश शिक्षाको हवको रुपमा स्थापित हुन्थ्यो र वैदेशिक मुद्रा बृद्धि हुन्थ्यो ।’ ‘मेडिकल शिक्षा ध्वस्त पारिएको छ । सयौंको सख्यामा नर्सिक क्याम्पस बन्द भएको छ । बाध्य भएर हाम्रो देशका विद्यार्थीहरु पढ्न विदेश गइरहेको छ, जसले गर्दा अर्बो रकम विदेशिएको छ । ’ उपाध्यक्ष झाले भने, ‘
निजी विद्यालयको संस्थागत अधिकारका लागि प्याप्सन चठान झै उभिएको छ ।’  शिक्षालाई गुठीमा लग्ने काम गलत भएको भन्दै झाले निजी विद्यालय गुठीमा लग्योमा निजी विद्यालयको लगानी के गर्ने ? जमिन बेचेर लगानी गरेको रकम लगानीकर्ताको कसरी तिर्ने ? त्यस्ता थुप्रै प्रश्नहरु बाँकी रहेको छ ।’
निजी विद्यालयले देशको सिर ठड्याएको छ । ठुला ठूला नेताहरुका छोरा छोरी सबैलाई निजी विद्यालयले पढाएको छ ।’ उपाध्यक्ष झाले भने,‘ सस्सो लोकप्रियताका लागि सरकारले शिक्षा र स्वास्थ्य फ्रि गर्ने नारा सार्ने काम गरिरहेको छ ।’
कार्यक्रममा अवलोकित दैनिकका सम्पादक भोला पासवानले राजनीतिक दलले संविधानमा समाजवाद उम्नुख राज्य हुने लेखेर आफै निजी विद्यालय संचालन गरेर संविधान विपरीत काम गरिरहेको बताए । उनले भने,‘ समाजवाद उन्मुख संविधान लेख्ने सबै पार्टीका वरिष्ठ नेताहरुले निजी विद्यालय संचालन गरेर महँगो शुल्क असुली गरीरहेको छ । ’ निजी विद्यालयले पनि नियम अनुसार चल्नुपर्ने बताउँदै सम्पादक पासवानले स्थानीय सरकारले शिक्षा क्षैत्रलाई थप बिग्राने काम गरिरहेको बताए । 
कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका  अध्यक्ष अनोजकुमार यादबले निजी विद्यालयले गुणस्तरीय शिक्षामा राम्रो भूमिका खेलेकोले राज्यले त्यसको कदर गर्नुपर्ने बताए । प्याप्सनका केन्द्रिय सदस्य एवं सप्तरीका सल्लाहकार देवानन्द चौधरी र सुरेश यादबले निजी विद्यालय आपना अधिकारका लागि अग्रसर रहेको बताएका थिए । प्याप्सन सप्तरीका वरिष्ठ उपाध्यक्ष उग्रकान्त झाले निजी विद्यालयसँग आवद्ध विद्यालयहरु सक्रिय नभएको अगामी दिन थप जटिल हुने बताए । सप्तरी प्याप्सनका अध्यक्ष अरुण देवको अध्यक्षतमा समपन्न कार्यक्रम संजयले गरेका थिए भने बालबोध सेकेन्ड्री स्कूलको कक्षा ७मा अध्ययनरत प्रसुन्न खड्गाले स्वागत गरेका थिए । 

पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान गर्ने सम्पादक पासवान सहित पाँच जना सम्मानित
पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अवलोकित दैनिकका सम्पादक भोला पासवानलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) सप्तरीले सम्मान गरेको छ ।
प्याप्सनको शनिबार बालबोध सेकेन्ड्री स्कूलमा सम्पन्न  दोस्रो जिल्ला अधिवेशनमा सम्पादक पासवानलाई सम्मानित गरेको हो । सम्पादक पासवानसागैँ सहयोगी बचत तथा ऋण सहकारी संस्थाका  अध्यक्ष अनोजकुमार यादबलाई समेत प्याप्सन सप्तरीका अध्यक्ष अरुणकुमार देवले सम्मान गरेका थिए  ।  कार्यक्रममा प्याप्सनका केन्द्रिय उपाध्यक्ष  एवं मधेश प्रदेशका इन्र्चाज अनिल कुमार झा,बालबोधका संस्थापक प्रमिला यादबलाई समेत दोसल्ला र मायाको चिनोले समानित गरेको थियो ।
 

प्रतिक्रिया