स्वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि –२० क्रिकेट प्रतियोगिताको उपाधि लिटल फ्लावरलाई

  • माघ १३, २0८0
  • 0
...


कञ्चनपुर, माघ १३ गते ।
रोयल क्लब कञ्चनरुप नगरपालिका १२ रुपनगरद्वारा आयोजित स्वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि –२०  क्रिकेट प्रतियोगिताको उपाधि लिटल फ्लावर सेकेन्डरी स्कुल कञ्चनरुप १२ रुपनगरले हात पारेको छ ।
 शनिबार सम्पन्न फाइनल खेलमा शंकर मावि रुपनगरलाई २ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधिमाथी कब्जा जमाएको हो । एकसय ९८ रनको लक्ष्य पाएको लिटिल फ्ल्वार स्कुलले १८.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरि विजयी हाँसिल गरे । जितका लागि लिटिल फ्लावर स्कुलका  सुशील महतोले २३ बलमा ७२रन र जयप्रकाश यादवले ४२ बलमा ४८ रन बनाएका थिए ।
टस जितेर व्याटिङमा उत्रिएको शंकर माबि  स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । शंकर माविका शिव राउतले २६ बलमा ५९, सुजन चौधरीले ३० बलमा ४६ रन र बिमल मण्डलले २८बलमा ३१ रन बनाएका थिए भने अरु व्यड्सम्यानहरुले दोहोरो अंक जोड सकेन ।
लिटिल फ्लावरका अरुण यादवले ४ ओभरमा २८ रन खर्चेर २ विकेट र जयप्रकाश यादवले ४ ओभरमा २६  रन खर्चेर २ विकेट लिएका थिए ।
यसैगरी शंकर माबिका शिव राउतले ४ ओभरमा ३ विकेट र सुरज साहले ३.१ बलमा  १ विकेट लिएका थिए ।
क्लवका अध्यक्ष अभिषेक गौतमको अध्यक्षतामा आयोजित प्रतियोगिताको समापन कार्यक्रममा कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले बिजेता तथा उपबिजेता खेलाडीहरुलाई शिल्ड, कप, मेडल तथा प्रमाणपत्र बितरण गरे ।
प्रतियोगिता समापन कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले खेलमा अनुशासन महत्वपूर्ण हुने भएकाले जसले अनुशासित भएर खेल्छ त्यसले अवश्य बिजय प्राप्त गर्ने बताए ।
उनले राष्ट्रको लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भएकोले खेलकुदको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । खेलकुदको विकास भएमा युवाहरुको शारीरिक, बौद्धिक र शैक्षिकका साथै भौतिक विकास राम्रो हुने भएको बताउदै उनले खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा म्यान अफ दि म्याच सुशील महतो ,वेस्ट फिल्डर मिस्टर एहसान , वेस्ट वलर रौनक सिंह , वेस्ट ब्याटसम्यान प्रेम यादव , म्यान अफ दि सिरिज शिव राउत , फायरप्ले अवार्ड चिल्ड्रेन स्कुल , वेस्ट क्याच रमेश यादव र वेस्ट अल राउन्डर प्रमानन्द मण्डल घोषित भए । उनीहरुलाई कप तथा प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया