कुष्ठ रोग मुक्त मुलुक घोषणा भएको १३ बर्ष तर कञ्चनरुपमा ४ सहित मधेशमा अझैं ९४५ जना कुष्ठ रोगी

  • माघ १४, २0८0
  • 0
...

कञ्चनपुर,माघ १४ गते । कुष्ठ रोग मुक्त मुलुक घोषणा भएको १३  बर्ष बितिसक्दा पनि कञ्चनरुप नगरपालिकामा ४ जना सहित मधेशका ८ वटै जिल्लामा गरी ९४५ जना कुष्ठ रोगी छन् । मधेशमा अझैं कुष्ठ रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको पाइएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार वडा नं. ९ मा ७१ औं बिश्व कुष्ठ रोग दिवस जनचेतना मुलक कार्यक्रम गरेर मनाएका छन् । कञ्चनरुप ९मा कुष्ठ रोगका नयाँ बिरमी फेलापरे पछि स्वास्थ्य शाखाले जनचेतना मूलक कार्यक्रम आयोजना गरेको हो ‘कुष्ठरोग सम्बन्धी गलत अवधारना को अन्त्य गरौं, मर्यादित व्यवहार गरौ’ भन्ने नाराका साथ आयोजित जनचेतना मुलक कार्यक्रमको अध्यक्षता कञ्चनरुप नगरपालिका ९का राम शुन्दर यादवले गरेका थिए भन्ने प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे रहेका थिए । कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक राम सेवक यादवले कुष्ठरोग सम्बन्धी जनचेतना मुलक जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ता सहभागी रहेका थिए भन्ने कार्यक्रम संचालन स्वास्थ्य चौकी रघुनाथपुरका इन्चार्ज बिकास गुप्ता गरेका थिए । नेपाललाई सन् २०१० मै कुष्ठ रोग मुक्त मुलुक घोषण गरिसकेको छ तर ७१ औं विश्व कुष्ठ रोगविरुद्धको दिवसको अवसर पारेर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजिव झाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७९÷८० को असारसम्म मधेशका धनुषामा सबैभन्दा बढी प्रभावित छन् । उनका अनुसार धनुषामा १६७ जना, रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिरहामा ११, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६ जना कुष्ठ रोगी छन् । विश्व स्वास्थ्य संगठनले प्रति १० हजार मानिसमा एक जनाभन्दा कममा यो रोग झारी निवारण गर्ने लक्ष्यलाई नेपालले पनि पछ्याउँदै आएको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्कले मधेश प्रदेशमा प्रति १० हजारमा कुष्ठ रोगको प्रकोप दर (प्रीभिलेन्स रेट) १ दशमलव ५ प्रतिसत देखाएको छ । उनले उक्त अवस्था चिन्ताजनक रहेको भन्दै यसको निवारणका लागि समुदायमा आधारित सघन रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

प्रतिक्रिया