अवलोकित समाचादाता
कञ्चनपुर, असोज २४ गते । समाजवादी पार्टीका अध्यक्ष एवं संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार नेकपाका दुईजना प्रभावशाली व्यक्तिको घरमै गएर भेटघाट गरेका छन्।
उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पूर्व सांसद मानपुर चौधरी र हिरालाल चौधरीको घरमै गएर भेटेपछि समाजवादी पार्टी र नेकपा भित्र विभिन्न शंका–उपशंका उब्जिएको छ ।
उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सुरुमा पूर्व सांसद मानपुर चौधरीको घर गएको र त्यहाँबाट पूर्व सांसद हिरालाल चौधरीको घरमा दुईघण्टाभन्दा बढी समय बिताएका थिए । उक्त समय सप्तकोशीका नेकपाका नेता रबिन्द्र चौधरीदेखी लिएर कञ्चनरुप नगरपालिका मेयरका उम्मेदबार बंशी चौधरी,सत्यनारायण चौधरी,देव चौधरी लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव एमालेमा हुदाँ पूर्व सांसद हिरालाल चौधरीसँग लामो समय एउटै संगठनमा रहेर काम गरेको र भूमिगत अवसथमा समेत चौधरीको घरमा बास बसेको बताइएको छ ।
प्रतिक्रिया