कञ्चनपुर,माघ १६ गते । कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताको व्यक्तिगत स्वार्थका कारण पदीय जिम्मेबारी बिपरीत प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्न अख्तियारी नदिएपछि शिक्षकहरुले मंगलबार दिनभरी धर्ना दिएका छन् ।
नगरप्रमुखको गैर जिम्मेबारीपनले नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरुले समयमा तलब भत्ताका लागि विद्यालयमा पढाउन छोडेर धर्ना दिएका हुन् । कञ्चनरुप नगरपालिकामा विहान १० बजे भेला भएका शिक्षक तथा कर्मचारीहरुले समयमा तलब भत्ता खुवाउनका लागि नारावाजी गर्दै नगर परिक्रमागरी पुन ः पालिकाको प्राङ्गणमा धर्ना दिएका थिए ।
शिक्षक र कर्मचारीहरुले दिनभरी पालिकामा धर्ना दिएपनि नगरपालिकाले तलब खुवाउने विषयमा कुनै ठोस प्रतिबद्धता नगरेपछि बुधबार नगरपालिकाको मूल गेटमा तालाबन्दी गर्ने पूर्व घोषित कार्यक्रम अनुसार अधि बढ्ने आन्दोलनका अगुवा प्रअ गजेन्द्र प्रसाद चौधरीले बताए ।
शिक्षक,कर्मचारीहरुको आन्दोलनका कारण नगरपालिकाका ३३ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ७ सय ८१ जना विद्यार्थीको पढाई अवरुद्ध हुने भएको छ । गत पुस २५ गते नै कञ्चनरुप नगरपालिकाको कार्यापालिकाको बैठकले पुस २९ गते आईतबार आर्थिक बर्ष २०८०÷०८१को बजेट खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको थियो । तर कार्यापालिकाको उक्त निर्णयलाई नगरप्रमुख गुप्ताले व्यक्तिगत स्वार्थका कारण पदीय जिम्मेबारी बिपरीत अख्तियारी नदिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय सरकार संचालन ऐन २०७४को दफा १६ दफा(४)को उपदफा (१)क.(५)मा सभा कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने नगर प्रमुखको काम,कर्तव्य र अधिकार तोकेको छ । तर कार्यापालिकाको निर्णय कार्यान्वयन नगरेका कारण कर्मचारीहरुको तलब भत्तासँगै विकास निमार्णको काम ठप्प भएको छ ।
सोमबार सर्वोदय माध्यमिक विद्यालयमा श्री शंकर माध्यमिक विद्यालयका प्रअ गजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले नगरपालिकालाई तलब खुवाउन दिएको समयसिमा सकिएकोले पूर्व घोषित कार्यक्रम अनुसार धर्ना दिएका थिए ।
बितेको माघ ९ गते सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले अगामी माघ १५ गतेभित्र तलब भत्ता निकासा नभएप १६ गतेदेखी चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका थियो । प्रधानाध्यापकहरुले उक्त निर्णय सोही दिन कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेललाई जानकारी गराएका थिए ।
तर १६ गते सोमबारसम्म पनि शिक्षक,कर्मचारीहरुको तलब निकासा गर्ने विषयमा कञ्चनरुप नगरपालिकाले कुनै चासो नराखेको हुदाँ भोली १७ गते (बुधबार) नगरभरीका ३३ ओटा सामुदायिक विद्यालयका प्रअ,शिक्षक तथा कर्मचारी विद्यालय बन्द गरी सम्मपूर्ण शिक्षक,कर्मचारीहरुले उत्रिएका छन् ।
हाम्रो आन्दोलनबाट विद्यार्थीहरुको पठन पाठनमा बाधा पर्न जाने भएकाले आन्दोलनभरी विद्यालय बन्द धएको दिनलाई सार्वजनिक तथा अन्य विदाको दिन सो क्षतिपूर्ति पुरा गर्ने प्रतिबद्धता हामीले गरेका छौं । प्रअ चौधरीका अनुसार प्रअहरुको बैककले आन्दोलनमा सहयोग गरिदिनहुन सम्मपूर्ण राजनीतिक दल,नागरिक समाज,अभिभावक,विद्यार्थी,बुद्धिजीवि,समाजसेवी,संचारकर्मी,व्यापारी लगायत सम्मपूर्ण सरोबारवालाहरुमा हार्दिक अनुरोध गर्ने निर्णय समेत गरेका छन् ।
उनले भने, ‘ हामीले दिएको समयसिमा सकिएको छ, घोषित कार्यक्रम अनुसार हामी १६ गते नगरभित्रका सम्मपूर्ण प्रअ,शिक्षक तथा कर्मचारीहरु विद्यालय बन्दगरी नगरपालिकाको कार्यालयमा उपस्थित भई आन्दोलन गर्छौ ।’ प्रअहरुले १७ गते आवश्यक सुनवाई नभएको खण्डमा कार्यालयको मूल गेटमा तालाबन्दी गरी आन्दोलनका साथै छलफल र थप कार्यक्रमहरु अगाडी बढाउने निर्णय गरेका छौं । बैठकमा पालिकाले त्रैमासिक रुपमा तलब भत्ता खुवाउने निर्णय ग।ेपनि विगत केही बर्षदेखी त्रैमासिक तलब भत्ता खान पटक पटक अनुरोध गर्दा पनि अपहेलित हुदैं आएको जनाएको छ ।
कञ्चनरुप नगरपालिकाले शिक्षा क्षेत्रलाई उपेक्षा गरेका छन् । यसअघि पालिकाका जनप्रतिनिधि र कर्मचारीका कारण २ करोडभन्दा बढी शिक्षाको बजेट फ्रिज भएको थियो । विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाउने बजेट समेत त्रैमासिक रुपमा नदिएका कारण कतिपय विद्यालयले खाजा खुवाउन बन्द गरेका छन् ।
कञ्चनरुप नगरपालिकाको नगरप्रमुखमा ललन प्रसाद गुप्ता बिजय भएर आएकोदेखी नै पालिकाका सामुदायिक विद्यालयहरुले दुःख पाइरहेका छन् । पटक पटक प्रअ,शिक्षक र कर्मचारीहरुले नियमसंगत कुरा पाउनका लागि समेत आन्दोलन गर्नु पर्ने र विद्यालयमा पढाउन छोडेर नगरपालिकामा हाजिरी लगाउनुपर्ने बाध्य रहेका छन् ।
कञ्चनरुप नगरपालिकी उपप्रमुख मुनाकुमारी पोखरेलले नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न पदीय जिम्मेबारी अनुसार नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिएको कारण समस्या सिर्जना भएको बताएकी छिन् । उनले भनिन,‘ शिक्षकहरुको आन्दोलनमा मेरो पनि समर्थन छ,म साथमा छु ।’
प्रतिक्रिया