बिबादित रामनारायण साह कञ्चनरुपमा हाकिमको रुपमा नआउँदै कार्यकक्षका लागि नयाँ कुर्सी र कार्पेट आइपुग्यो

  • माघ २२, २0८0
  • 0
...


कञ्चनपुर,माघ २२ गते । 
सिरहाको कल्याणपुर नगरपालिकाबाट सरुवा भएर कञ्चनरुप नगरपालिका आउने प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह कहिले आउने टुङ्गो नभएपनि आईतबार नै नयाँ कुर्सी र कार्पेट परिर्वतन गरिएको छ ।
 प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको कार्पेट र कुर्सी नयाँ ल्याइएको पालिकाका एक कर्मचारीले जानकारी दिएको छ । नगरप्रमुख गुप्ताले घिमिरेलाई सरुवा गराएर बिबादित छवीका व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएका छन् । साह यसअघि सरुवा भएर गएका सबै पालिकामा बिबादित भएर आएका छन् ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा प्रशासकीय अधिकृत रामनारायण साहलाई कञ्चनरुप नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिइएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय काठमाडौंले गत माघ १७ गते साहलाई कल्याणपुर नगरपालिकाबाट कञ्चनरुप नगरपालिकामा सरुवा गरेको छ । 
कञ्चनरुप नगरपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत साह यसअघि पनि कञ्चनरुपमा प्रमुख प्रशसाकीय अधिकृतको रुपमा काम गरिसकेका व्यक्ति हुन् । थरमा साह लेखिए पनि उनी गुप्ता थरकै हुन् । कञ्चनरुप नगरपालिकामा आफन्त र नातागोता भएको र अनियमितामा विज्ञता हासिल गरेकोले नगरप्रमुख ललन प्रसाद गुप्ताले साहलाई छनौट गरेर ल्याइएको बताइएको छ । कञ्चनरुपमा प्रमुख प्रशासकीय अधिकृत साहले आपूm आउनुभन्दा अघि नै कार्यकक्षमा नयाँ कार्पेट र कुर्सी ल्याउन लगाएका छन् । 
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको एक कार्यक्रमबीच विदाई  गरिएको छ कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल सहितका कर्मचारीहरुले आईतबार घिमिरेलाई विदाई गरेका हुन् । घिमिरेको सरुवा मोरग जिल्ला समन्वय समितिमा भएको छ । पछिल्लो पटक नगरप्रमुख ललन प्रसाद गुप्ता र अधिकृत घिमिरेबीच बिबाद भएको थियो ।
 

प्रतिक्रिया