कञ्चनपुर,माघ २३ गते ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्रोफेसर डाक्टर सतेन्द्र नारायण( एस.एन.) सिंहको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका ८ निवासी प्रोफेसर डाक्टर सिंहको ६१ बर्षको उमेरमा मंगलबार मृत्यु भएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टर सतेन्द्र नारायण( एस.एन.) बिगत केही समयदेखी बिरामी रहेका थिए । कञ्चनरुप नगरपालिलका लगायत यस क्षेत्रका जनताहरु बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जादा सधै सहयोग गर्न तत्पर रहनुहुन्थ्यो ।
कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक डम्बर प्रसाद गुप्ताले भने,डाक्टर एस.एन. सिंहको स्वर्गारोहनले कञ्चनरुपलाई ठूलो क्षति भएको छ । बिपी कोइरालामा प्रोफेसर सिंह एनेस्थेसियोलोजी र क्रिटिकल केयर विभागको प्रमुखको रुपमा कार्यरत थिए । एनेस्थेसियोलोजी र क्रिटिकल केयर विभागको प्रमुख भएपछि बिपी कोइरालामा ५० बेडको आइसियू संचालनमा ल्याएका थिए । प्रोफेसर सिंहको शवलाई बुधबार विहान ८ बजे कञ्चनपुर ल्याइने एक घण्टा राखेर ९ बजे कोशी धनकट्टा स्थित कोशी नदीमा अन्तिम संस्कार हुने पारिवारि स्रोतले जनाएको छ ।
प्रतिक्रिया