कञ्चनपुर,माघ २४ गते । कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल सहितका वडाअध्यक्षहरुले सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरु माघ २६ गतेभित्र तलब खुवाउने प्रतिबद्धता पुरा नहुने भएको छ ।
बुधबार कञ्चनरुप नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले आपूm भर्खरै धेरै पालिका घुमेर आएको जानकारी गराउँदै कतिपय पालिकाले ९ महिनादेखी तलब नखुवाएको,कतिपयमा ६ महिनाको तलब बाँकी रहेको तर कञ्चनरुपमा तीन महिनाको तलब नखुवाउदा आन्दोलन गर्नुपर्ने ? भन्दै प्रश्न गरेका थिए ।
उक्त कार्यक्रममा वडाअध्यक्षहरुले शिक्षकहरुसँग २६ गते तलब खुवाउने सहमति गरेको त्यसो नभए हामी तालाबन्दी गर्न बाध्य हुने जनाएपछि बैठकमा नगर प्रमुख गुप्ताले निर्वाचित जनप्रतिनिधिहरुले बन्द हडताल गर्न कानूनले नमिल्ने भएकोले त्यो सहमतिको कुनै अर्थ नभएको बरु शिक्षकहरु केही दिनसम्म कुर्नका लागि सम्झाई बुझाई गर्न भनेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य शोभा पासवानले नगरप्रमुख गुप्ताको अरु पालिकामा ९ र ६ महिना तलब नखादा पनि केही नभएको कुरामा बिरोध जनाएका थिए । उनले बैठकमा सामुदायिक विद्यालयमा विपन्न र दलितका छोराछोरी पढीरहेकोले शिक्षकहरुले विद्यालय बन्द गर्दा समस्यामा ती बर्गका बालबालिका पर्ने भएकोले अरु पालिकामा तलब खुवाएको छैन भन्दैमा कञ्चनरुपमा पनि समयमा तलब नखुवाउने भन्दै बिरोध जनाएका थिए ।
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले गत माघ १७ गते तलबका लागि कञ्चनरुप नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका थिए । तालबान्दी गरिएको दोस्रो दिन गत माघ १८ गते कञ्चनरुप नगरपालिकाको मूल गेटमा लगाइएको ताला अगामी २६ गते भित्र तलब खुवाउने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलिएको थियो । उपप्रमुख मुनाकुमारी पोखरेलको नेतृत्वमा काग्रेस र जसपाका कार्यपालिका सदस्यहरुले २६ गतेभित्र तलब नखुवाए आपूmहरुले नै नगरपालिकामा तालाबन्दी गर्ने लिखित सहमति गरेका छन् ।
उपप्रमुख मुनाकुमारी पोखरेलको अध्यक्षतामा गत माघ १५गते कञ्चनरुपको कार्यालयमा बसेको बैठकले विकास निमार्ण लगायतको काम अगामी २५ गते भित्र सुरु नभए २६ गतेबाट पालिका र वडाको सम्मपूर्ण काम काज बन्द गर्ने निर्णय गरेका छन् । उक्त निर्णयमा नगरप्रमुख ललन प्रसाद गुप्ता बाहेक उपप्रमुख मुनाकुमारी पोखरेल,वडाअध्यक्ष कृष्णा प्रसाद साह,कैलाश साह,मेहदी हुसैन,श्यामानन्द चौधरी लगायत सम्मपूर्ण कार्यापालिका सदस्य,एमाले र जसपाका सबै वडाअध्यक्ष र कार्यापालिका सदस्यहरुले निर्णय गरेका हुन् ।
प्रतिक्रिया