कञ्चनपुर,माघ २५ गते ।
कञ्चनरुप नगरपालिकाका ट्रयाक्टर व्यवसायीहरुले सहज रुपमा बालुवा उत्खनन् गर्न पाउनुपर्ने माँग राख्दै पालिकाको कार्यालयमा धर्ना दिएको छ ।
व्यवसायीहरुले गत पुस ६ गते कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्तालाई पालिका अन्तर्गत पर्ने खोलाहरुको बालुवा गिटी घर निमार्ण,मठमन्दिर,चर्पी साथै अन्य विकास निमार्णका लागी नभई नहुने भएकाले नियमाअनुसार निकाल्नका लागि व्यवस्था गर्न मात्र पत्र बुझाएका थिए । माग पत्र बुझाएको एक महिना भन्दा बढी भइसक्दा समेत कुनै चासो नलिएपछि बाध्य भएर ट्रयाक्टर व्यवसायीहरुले ट्रयाक्टर पालिकाको गेटमा राखेका छन् ।
ट्रयाक्टर व्यवसायीका अगुवा देवनारायण साहका अनुसार ट्रयाक्टर व्यवसायीहरुले नियमसंगत रुपमा बालुवा निकाल्न पाउनु पर्ने मागमा पालिकाले कुनै चासो नदिएको व्यवसायीहरु मार्कामा परेका कारसण आन्दोलन गर्न बाध्इ भएको बताए ।
कञ्चनरुप नगरपालिकाको कार्यपाकिा बैठकमा पटक पटक खोला ठेका लगाउने बिषयमा छलफल भएको र निर्णय समेत भएपनि ठेका नलागेका कारण व्यवसायीहरुसगै स्थानीय व्यक्तिहरु समेत मारमा परेको कञ्चनरुप नगरपालिकाको कार्यापालिका सदस्य तनुकलाल शर्माले बताए । नियमपूर्वक खोला ठेकामा नलागेका कारण स्थानीय माग बमोजिम चोरी गरी बालुवा निकाल्दा वन कार्यालय र प्रहरीले ट्रयाक्टर समातेर कार्यवाही गर्दै आएका छन् ।
प्रतिक्रिया