लाखौं लागतमा निमार्ण गरिएको स्वागत गेटमा महिनौंदेखी बल्दैन् बत्ति

  • आश्विन २६, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर, असोज २६ गते । कञ्चनरुप नगरपालिका–८ बेरियर स्थित स्वागत गेटमा जडान गरिएको बत्ति महिनौंदेखी बलेको छैन । झण्डै २२ लाखभन्दा बढी रकममा निमार्ण गरिएको स्वागत गेटमा बत्ति बल्न छोडेको महिनौं बित्दा पनि गेट निमार्ण गर्ने हर्ताकर्ताहरुलाई कुनै मतलब छैन ।
    ‘कमिशनका लागि अन्त्यै बन्न लागेको गेट केही मान्छेले अर्कै ठाउँमा लाखौं रकम खर्चिएर बनाए,तर रेखदेखको अभावमा अहिले बत्ति नै बल्दैन ।’ स्थानीय एक व्यापारीका अनुसार उक्त गेटमा जडान गरिएको बत्ति स्थानीय एक जनाको घरबाट बाल्दे आएकोमा घरपट्टी नै विद्यतु प्राविधिकरणको कालोसूचिमा परेपछि बत्ति काटिएको हो ।
    ‘कञ्चनपुरलाई चिनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उक्त स्वागत गेट नजिकै बेरियर विकाश गर्ने जिम्मा लिएका जिम्मेबार व्यक्तिहरुको घर पनि छ । तर बेरियर विकास त के एक हजार रुपैया खर्च गरेर सार्वजनिक पोलबाट बत्ति समेत जडान गर्न सकेका छैनन् ।’ ती  व्यापारीले भने,‘ सार्वजनिक ठाउँमा एक हजार रुपैया खर्च गरेर बत्ति समेत बाल्न नसक्नेहरु ‘विकास’ गर्ने संस्थाको अध्यक्ष बन्न मारामारी गरेको देख्दा लाज मानेर पचाउनु परेको छ ।’ कञ्चनरुप नगरपालिकाले पनि स्वागत गेटको बत्तिबारे कुनै चासो नलिएको स्थानीयहरुकाे भनाई छ ।

प्रतिक्रिया