कञ्चनरुपका नया हाकिम हाजिर भएको चारदिन नबित्दै भ्रष्ट्राचार गर्न सुरु गरे : घर भाडाका लागि ७ दिने सूचना प्रकाशित गरको भोली पल्टै कोठा सरे

  • माघ २७, २0८0
  • 0
...

कञ्चनपुर,माघ २७ गते ।
कञ्चनरुप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामनाराण साह हाजिर भएको चार दिन नबित्दै अनियमित काम गर्न सुरु गरेको छ ।
प्रमुख प्रशसाकीय अधिकृत साहले शुक्रबार दिउसो घर भाडामा लिने ७ दिने सूचना प्रकाशित गरेको थियो । कञ्चनरुप नगर कार्यपालिकाको कार्यालय प्रयोजनको लागि कञ्चनरुप नगरपालिका वडा नं. ८ बजार एरिया मा तपशिलमा उलेखित विवरण अनुसारका २  दुई वि.एच के सुविधा सम्पन्न घर फलाईट भाडामा लिनुपर्ने भएकोले आफनो स्वामित्वमा रहेको घर फलाईट भाडामा दिन ईच्छुक घरधनीहरुले यो सुचना प्रकाशित भएको मितिले सात दिनभित्र  यस नगर कार्यपालिकाको कार्यालयमा कार्यालय समय भित्र प्राप्त भई सक्ने गरी आफुले दिन चाहेको भवनको क्षेत्रफल कोठा संख्या र आफुले भाडामा दिन चाहेको दर रेट उल्लेख गरी कोटेश्न पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरीको उल्लेख गरेको थियो ।
शुक्रबार विहान कञ्चनपुर बजार स्थित मोहम्द नेसार अंसारीको घर नगरप्रमुख ललन प्रसाद गुप्ता,प्रमुख प्रशासकीय अधिकृत साह र मेयर निकट केही व्यक्तिहरुले भाडा लिने उद्देश्यलले अवलोकन गरेका थिए । घर भाडाको सबै कुरा टुङ्गयाएर देखाउनका लागि सोही दिन प्रमुख प्रशसाकीय अधिकृत साहले ७ दिने सूचना प्रकाशित गरेको थियो । तर सूचना प्रकाशित गरेको भोली पल्टै शनिबार नै प्रमुख प्रशसाकीय अधिकृत बस्ने नगरपालिका कार्यालय छेऊमा प्रताप साहको घरबाट बेड र भान्साकोठाका सबै समान सारेका छन् ।
विगत लामो समयदेखी प्रमुख प्रशासकीय अधिकृतहरु कंचनरुप नगरपालिकासँगै टासिएका प्रताप साहको घरमा बस्दै  आएका थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृतमा रामनारायण साह आएको चौथो दिन नै आप्mले निकालेको सूचना विपरीत सेटिङ्गमा कोठा सारिएको छ । 
यस अघि समाजिक अभियन्ता रोशनराज ठाकुरले एक जना कर्मचारी राख्दा समेत अघिल्लो दिन नै पालिकाले सेटिङ्गमा कर्मचारी राख्नेको नाम सार्वजनिक गरेको थियो । कञ्चनरुप नगरपालिका ८का नेपाली काग्रेसका वडा सहसभापति रतिसुमन (बिटु) गुप्ताले भने,‘ नयाँ हाकिमले पत्रपत्रिकामा छापिएको समाचारलाई पुष्टि हुनेगरी काम थाल्नु भएको छ  ।’ उनले भने,‘सात दिन सूचना निकालेर कुन अधारमा घर घाडा लिइयो त्यसको जवाफ हामी पालिका गएर लिन्छौं, यो सरासर अनियमितता हो । ’
समाजिक अभियन्ता रोशनराज ठाकुरले शनिबारको दिन पालिकाको ट्रयाक्टरबाट प्रमुख प्रशसाकीय अधिकृतको कोठाका समान सारीरहेको बेला मेयर गुप्ताका निकट मनोज गुप्ताले तस्वीर खिच्न अवरोध गरेको बताए । पालिकाले प्रक्रिया पुर्याउने काम समेत नगरी नीतिगत भ्रष्ट्राचारमा उत्रेको र सही कुरा जनतालाई देखाउदा हामीलाई नै कार्यवाही गर्न निर्णय गराएको अभियन्ता ठाकुरले बताए ।   
कञ्चनरुप नगरपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह यसअघि हाकिम भएर बसेका पालिका जनप्रतिनिधिहरुले नै भ्रष्ट रहेको आरोप लगाउँदै आएका छन् । 
 

प्रतिक्रिया