कञ्चनपुर,माघ २७ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) वाट निर्वाचित स्वतन्त्र उम्मेदवार प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिँह यादब शनिबार एक समारोहकाबीच जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
शनिवार बोदेबरसाईनमा जसपा द्वारा आयोजित बृहत् पार्टी प्रवेष कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादबले प्रदेश सभा सदस्य सिँहलाई अबिरल, माला लगाई पार्टी प्रवेष गराएका हुन ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर स्वागत गरेका छन् ।
पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए ।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य संख्या १९ पुगेको छ । यस अघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।
वृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् ।
उनी यस अगाडि जसपा नेपालमा रहेको थियो भने प्रदेश सभा सदस्य निर्वाचनमा जसपावाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
उक्त बृहत् पार्टी प्रवेष कार्यक्रममा पूर्व गृह सह सचिव शंकर चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौको संख्यामा पार्टी प्रवेश गरेका छन ।
नव प्रवेषीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादब, मुख्यमन्त्री सरोज कुमार यादब, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादबले अबिर, माला लगाई पार्टी भित्राएका हुन ।
प्रतिक्रिया